२०८२, श्रावण १७ गते

Aug 02 2025 | २०८२, श्रावण १७ गते

कर्मचारी निकालिएको विराेधमा मर्चवारी गाउँपालिकामा प्रदर्शन

शुक्रवार , श्रावण ६, २०७९

भैरहवा, ६ साउन ।

रुपन्देही मर्चवारी गाउँपालिकामा कर्मचारी निकालिएको भन्दै विराेध प्रदर्शन गरिएको छ । गाउँपालिकाका अध्यक्ष गयाप्रसाद बरईले साविकका जनप्रतिनिधिले नियुक्त गरेका कर्मचारीको ठाउँमा नयाँ कर्मचारी नियुक्त गर्न खोजेकाे भन्दै स्थानीय, करारका कर्मचारी तथा पूर्वजनप्रतिनिधिहरूले  शुक्रबार प्रदर्शन गरेका हुन् । 

५ वर्षदेखि सेवा गर्दै आएका पालिकास्तरका २८  जनालाई कर्मचारीलाई हटाउन खोजेको भन्दै गाउँपालिक अध्यक्ष र प्रशासकीय अधिकृतविरुद्ध प्रदर्शन गरेको निवर्तमान पालिका अध्यक्ष केशव नन्द बनियाले बताए ।

प्रदर्शनकारीले कार्यालय अगाडि टायर बालेर नाराबाजी गरेका छन् ।  न्युज कारखाना