२०८२, भाद्र २५ गते

Sep 10 2025 | २०८२, भाद्र २५ गते

दाउन्‍नेमा बस पल्टिएर आगलागी हुँदा ६ जना गम्भीर घाइते

बुधवार , श्रावण ११, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • नवलपरासी, ११ साउन ।
    नवलपरासी पूर्वको दाउन्‍नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना यात्रु घाइते भएका छन् । घाइते यात्रुमध्ये ६ जनाको अवस्था भने गम्भीर रहेको छ । 

    कञ्चनपुरबाट काठमाडौंका लागि छुटेको ना ५ ख ५१०० नम्बरको बस आफैँ अनियन्त्रित भई सडक छेउमा पल्टिदा बसमा आगो लागेको नवलपुर प्रहरी प्रमुख  डिएसपी सन्तोष पाठकले जानकारी दिए । उनकाअनुसार बसमा ३१ जना जना सवार थिए ।

    घाइतेमध्ये ६ जनालाई उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको छ । अन्यको स्थानीय मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको छ । न्युज कारखाना