२०८२, भाद्र २५ गते

Sep 10 2025 | २०८२, भाद्र २५ गते

थपिए ५६४ जना नयाँ कोरोना संक्रमित, एक जनाको मृत्यु 

बुधवार , श्रावण ११, २०७९

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • काठमाडौं, ११ साउन । पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको ५६४ जना नयाँ संक्रमित थपिएका छन् । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन विधिबाट ४ हजार ४५४ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा कोरोना भाइरसको संक्रमण भएको पाइएको हो । 

    बितेको चौबिस घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

    मन्त्रालयका अनुसार सोही अवधिमा कोरोना भाइरस संक्रमित २०२ जना निको भएका छन् । 

    हाल देशभर कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ३ हजार ९२९ रहेको मन्त्रालयले जनाएको छ । न्युज कारखाना