
बुधवार , श्रावण ११, २०७९
बुटवल, ११ साउन ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागको बैठक बुधबार बुटवलमा सम्पन्न भएको छ । विभागका प्रमुख कुमार थापा मगरको अध्यक्षता तथा एमाले पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री लिला गिरीको प्रमुख आतिथ्यतामा बसेको बैठकमा समसामयिक विषयमा छलफल भएको थियो । बैठकले यातायात क्षेत्रमा भइरहेको अनियमितता, भ्रष्टाचार र लापरवाहीको अध्ययन अनुगमन गर्ने निर्णय गर्दै दुर्घटना न्युनीकरणका लागि विज्ञहरुसँग रायसुझाव लिने समेत निर्णय गरेको छ ।
विज्ञहरुसँगको सुझावका आधारमा समग्र यातायात क्षेत्र सुधारका लागि वृहत कार्यशाला गोष्ठीको आयोजना गर्ने निर्णय पनि बैठकले गरेको विभागका प्रमुख कुमार थापा मगरले जानकारी दिए । यातायात कार्यालयहरुबाट प्रदान गरिने सेवा प्राप्त गर्न बिचौलियाको सहयोग लिनुपर्ने बाध्यता वषौंदेखि चल्दै आएको भन्दै बैठकले यो विषयलाई रोक्न राज्यसँग कुनै स्पष्ट दृष्टिकोण नभएको ठहर समेत गरेको छ ।
बैठकमा एमाले पोलिटब्यूरो सदस्य लिला गिरी, लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल, उपाध्यक्ष तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठ, विभागका सचिव दधि खरेल लगायतले समसामयिक विषयमा आ–आफ्ना धारणा राखेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij