२०८३, बैशाख २० गते

May 03 2026 | २०८३, बैशाख २० गते

बिपदमा व्यवसायिक निरन्तरतासम्बन्धी तालिम

आइतवार , श्रावण १५, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • भैरहवा, १५ साउन ।
    नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको आयोजना तथा उद्योग वाणिज्य महासंघको सहकार्यमा बिपदमा व्यवसायिक निरन्तरतासम्बन्धी एकदिने तालिम आइतबार भैरहवामा सम्पन्न भएको छ । 

    कार्यक्रममा उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले विभिन्न प्रकारका बिपदबाट सिर्जित समस्याहरुमा आफ्नो उद्योग व्यवसायलाई कसरी निरन्तरता दिने विषयमा योजना कसरी बनाउने भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको बताए । तालिममा २५ वटा जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारी, लुम्बिनी प्रदेश अन्तर्गत बिपद व्यवस्थापन अधिकृत, फोकलपर्सन लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष तथा विपद् व्यवस्थापन समितिका संयोजक किशोर कुमार प्रधानले तालिमको औचित्यमाथि प्रकाश पारेका थिए ।

    कृष्ण प्रसाद शर्माको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानको प्रमुख आतिथ्यतामा तालिम सम्पन्न भएको थियो ।