२०८२, भाद्र २५ गते

Sep 10 2025 | २०८२, भाद्र २५ गते

पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थी गुप्तालाई फ्युचर लाइटद्वारा सम्मान 

सोमवार , श्रावण १६, २०७९

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • भैरहवा, १६ साउन ।
    फ्युचर लाइट इङलिस हाई स्कूल मायादेवी गाउँपालिका–८ रुपन्देहीले २०७८ सालको एसईई परीक्षामा उत्तीर्ण विद्यार्थी तथा विद्यालयका पूर्व विद्यार्थी राहुल गुप्तालाई सम्मान गरेको छ । 

    स्नातक तह अध्ययनको लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यालयका पूर्व विद्यार्थी राहुल गुप्तालाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक गम्भिर गुरुङले बताए । मायादेवी गाउँपालिका–८ निवासी २० वर्षिय गुप्ता ब्याचलर अफ आटर्स इन फिजिक्स र ब्याचलर इन इञ्जिनियरिङ अध्ययनका लागि अमेरिकास्थित डार्टमाउथ कलेज जाँदैछन् । 

    कार्यक्रममा बोल्दै गुप्ताले कक्षा नर्सरीदेखि कक्षा १० सम्म आफूले फ्युचर लाइटमा पढेको जानकारी दिए । उनले परीक्षा केन्द्रीत पढाई भन्दा अनुसन्धानमुलक शिक्षा आवश्यक रहेकोमा जोड दिए । गुप्ताले भने, ‘म यहाँसम्म पुग्नुमा फ्युचर लाइटका शिक्षकशिक्षिका तथा मेरो अभिभावकको ठूलो योगदान छ ।’

    २०७८ सालको एसईई परीक्षामा फ्युचर लाइटबाट १४ जना छात्र र १९ जना छात्रा गरी ३३ जना विद्यार्थी सहभागी भएको विद्यालयका प्रधानाध्यापक गुरुङले जानकारी दिए ।