२०८२, माघ ४ गते

Jan 18 2026 | २०८२, माघ ४ गते

सनलाईट स्कूलमा एसईई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान

बिहिवार , श्रावण १९, २०७९

  • 4.5K
    Shares
  • 4.5K
    Shares
  • भैरहवा, १९ साउन ।
    सनलाइट इङलिस बोर्डिङ स्कूल, ओमसतिया गाउँपालिका–१, रुपन्देहीले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्दिप बस्याल, प्राचार्य चन्द्रप्रकाश न्यौपाने, सह–प्राचार्य चुरामणि भुसाल, पूर्वअध्यक्ष प्रकाश शर्मा अर्याल, पर्ल माविका सह–प्राचार्य निलकण्ठ पाण्डे लगायतले विद्यार्थीहरुलाई बधाई, शुभकामना तथा उज्जवल भविष्यको शुभकामना व्यक्ति गरेका थिए ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्दिप बस्यालको अध्यक्षता तथा शिषक रेमग्याल गुरुङको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालयका प्राचार्य चन्द्रप्रकाश न्यौपाने, पूर्वअध्यक्ष प्रकाश शर्मा अर्याल, चुरामणी भुसाल, शिक्षकशिक्षिका लगायतको उपस्थिति रहेको थियो ।

    २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सनलाइट इङलिस बोर्डिङ स्कूलबाट २१ जना विद्यार्थी सहभागि भएको विद्यालयका प्राचार्य चन्द्रप्रकाश न्यौपानेले बताए ।