
आइतवार , श्रावण २२, २०७९
काठमाडौं, २२ साउन ।
आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आजबाट निर्वाचन आयोगले दल दर्ता सुरु गर्दैछ । आयोगकाअनुसार साउन ३१ गतेसम्म दल दर्ता गराउन पाइनेछ ।
आयोगमा साउन १९ सम्म दर्ता कायम रहेका राजनीतिक दलहरूलाई संविधानको धारा २७१ बमोजिम आज साउन २२ गतेदेखि साउन ३१ गतेसम्म दल दर्ता गर्न आह्वान गरिएको हो ।
दल दर्ताको निवेदनसँगै राजनीतिक दलले आफ्नो विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीयस्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको पछिल्लो चुनाव भएको मिति उल्लेख गर्नुपर्ने आयोगले जनाएको छ ।
दलले निवेदन दिँदा प्रतिनिधिसभा सदस्यको छुट्टै र प्रदेशसभा सदस्यको हकमा प्रदेशगत रूपमा सातवटा प्रदेशका लागि छुट्टाछट्टै निवेदन पेस गर्नुपर्ने आयोगको सूचनामा जनाइएको छ । न्युज कारखाना
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij