२०८२, भाद्र २५ गते

Sep 10 2025 | २०८२, भाद्र २५ गते

कविता प्रतियोगितामा रुपन्देही लीलाराम न्यौपाने मावि प्रथम

सोमवार , श्रावण २३, २०७९

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • भैरहवा, २३ साउन । 
    सिद्धार्थनगरमा रहेका माध्यमिक विद्यालयस्तरीय कविता प्रतियोगितामा श्री रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालय उत्कृष्ट भएको छ । सिर्जनशील साहित्यिक समाज(सिसास) भैरहवा रुपन्देहीले आयोजना गरेको माध्यमिक तह स्तरिय खुल्ला कविता प्रतियोगितामा रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत मञ्जु क्षेत्री प्रथम भएकी छन् भने ब्राइट स्टार इङलिस हाई स्कूलकी सृष्टी गुरुङ द्वितीय र मन्टेश्वरी मेमोरियल माविकी सेन कुमारी आले तृतीय भएको सिर्जनशील साहित्यिक समाज(सिसास) का अध्यक्ष शशि पन्थीले जानकारी दिए ।

    त्यसै गरी सुसंस्कृत माध्यमिक विद्यालयकी पुजा तेली र साई ग्लोबल माध्यमिक विद्यालयका सन्देश बेल्बासे सान्त्वना भएको कार्यक्रम संयोजक सरु ज्ञवालीले बताइन । एउटा विद्यालयबाट १ जना छात्र र १ छात्रा विद्यार्थीहरुलाई प्रतियोगिताका लागि आह्वान गरिएकोमा ८ विद्यालयबाट १३ जनाले भाग लिएका थिए । प्रतियोगितामा साहित्यकारहरु वनमाली निराकार, विजय सागर र रुद्र ज्ञवालीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

    संस्थाका उपाध्यक्ष कमल पोख्रेलको स्वागत मन्तव्य तथा कार्यक्रम संयोजक सरु ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । प्रतियोगितामा प्रथम हुनेलाई नगद रु. ३ हजार, द्वितीयलाई नगद रु. २ हजार, तृतीयलाई नगद रु. १ हजार र सान्त्वना हुने दुई जनालाई रु. ५ सय र प्रमाणपत्रत्र यही साउन २८ गते सिसासको साधारणसभाको अवसरमा प्रदान गरिने संस्थाका अध्यक्ष शशि पन्थीले जानकारी दिए ।