२०८२, भाद्र २५ गते

Sep 10 2025 | २०८२, भाद्र २५ गते

एसईईमा ३.६० भन्दा माथि जीपीए ल्याउने विद्यार्थीलाई अनेरास्ववियु सिद्धार्थनगरले सम्मान गर्ने

बुधवार , श्रावण २५, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • भैरहवा, २५ साउन ।
    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीले उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने भएको छ । २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ३.६० भन्दा माथि जीपीए ल्याउने सिद्धार्थनगरभित्रका विद्यालयका विद्यार्थीहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको अनेरास्ववियु सिद्धार्थनगरका अध्यक्ष सुनिल खनालले बताए ।

    सिद्धार्थनगरभित्रका विद्यालयबाट करिब १६० जना विद्यार्थीलाई यही साउन ३१ गते मंगलबार कार्यक्रम गरी सम्मान गरिने कार्यक्रम संयोजक तथा अनेरास्ववियु सिद्धार्थनगरका उपाध्यक्ष विवेक भण्डारीले बताए ।

    कार्यक्रम भैरहवास्थित पीस नाइट रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसमा साउन ३१ गते मंगलबार बिहान ८ बजेदेखि सुरु हुने अनेरास्ववियुका केन्द्रीय सदस्य सरोज ठकुरीले बताए । उनले विद्यार्थीहरुको हकहितका लागि अनेरास्ववियुले निरन्तर काम गर्दै आएको बताए ।