images

बिहिवार, चैत्र १५ गते २०८०

तीव्र गतिमा सवारीसाधन चलाए ‘अन द स्पट’ कारवाही

तीव्र गतिमा सवारीसाधन चलाए ‘अन द स्पट’ कारवाही

images
images
images
आइतवार, श्रावण २९ २०७९
आइतवार, श्रावण २९ २०७९
  • तीव्र गतिमा सवारीसाधन चलाए  ‘अन द स्पट’ कारवाही

    भैरहवा, २९ साउन । के तपाई सवारीसाधन तीव्र गति (ओभर स्पीड) मा चलाउँदै हुनुहुन्छ ? यदी त्यसो हो भने ट्राफिक प्रहरीको कारवाहीमा पर्नुहोला । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले तीव्र गतिमा सवारीसाधन चलाउनेलाई ‘अन द स्पट’ कारवाही गर्न थालेको छ । ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीको तथ्यांकअनुसार गत आर्थिक वर्षमा सवारी दुर्घटनामध्ये करिब ९० प्रतिशत दुर्घटना तीव्र गतिका कारण भएको छ । आ.व. २०७८/०७९ मा भएका १७२ वटा सवारी दुर्घटनामध्ये १५२ वटा दुर्घटना तीव्र गतिका कारण भएपछि दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले यस्तो अभियान थालेको हो ।

    images
    images
    images

    साउन २४ गते बुधबारदेखि अभियान सुरु गरिएकोमा पहिलो दिन ३२, २५ गते ३८ र २६ गते ३९ जनालाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक केशव केसीले बताए । तीव्र गतिमा चलाउने चारपांग्रे, दुईपांग्रे सवारीसाधन, सार्वजनिक बस, विद्यालय बस र केही सरकारी गाडी कारवाहीमा परेको उनले जानकारी दिए । उनले ‘राडर गन’ (लेजर गन) मार्फत सवारी साधनहरूको गति मापन गरिएको बताए । उनले भने, ‘सवारी दुर्घटना न्यूनीकरणका लागि विभिन्न विकल्पहरु छन्, ती विकल्पहरुमध्ये सवारीसाधनको तीव्र गतिलाई कम गर्नुपर्छ भन्ने उद्देश्यले लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय लगायतको समन्वयमा राडर गन (लेजर गन) माग गरेका थियौं, यसले सवारीको गति मापन गर्छ, ५०० मिटरदेखि १ किलोमिटरसम्मको सवारी पहिचान गर्छ, सवारी आइरहेको देखाउँछ, ३०० मिटरको बीचमा सवारी कति गतिमा छ भन्ने पहिचान तथा गति मापन गर्छ ।’

    सवारीसाधन तीव्र गतिमा भए १०० मिटर वरपर आएपछि लेजर गनले सवारीसाधनको नम्बर र फोटोसहित अटोमेटिक रेकर्ड गर्ने उनले बताए । सोहीअनुुसार नै कारवाही गरिने उनले जानकारी दिए । यसरी कारवाही गर्दा सवारी दुर्घटनामा कमी आउने उनको भनाइ छ । तीव्र गतिमा सवारी चलाउनेलाई कारवाही अन्तर्गत न्यूनतम रु. ५०० जरिवाना गरिएको प्रहरी निरीक्षक केसीले जानकारी दिए । अभियानबारे सबैलाई जानकारी नभएकाले सुरुवाती चरणमा न्यूनतम जरिवाना गरिएको र आगामी दिनमा रु. १ हजार ५ सयसम्म जरिवाना गर्न सकिने उनको भनाइ छ ।

    उनले भने, ‘६० किलोमिटर प्रतिघण्टा सवारीसाधन चलाउनुपर्ने हन्छ, ६० भन्दा गति कम भयो भने सवारी दुर्घटनामा धेरै कमी आउँछ ।’ करिब ७० प्रतिशत दुर्घटना बेलहिया–बुटवल सडकखण्डमा हुने गरेकोले यो सडकखण्डलाई नै प्राथमिकता राखेर अभियान सञ्चालन गरिएको प्रहरी निरीक्षक केसीको भनाइ छ । उनले भने, ‘यदी सडकमा सवारीको गतिलाई सीमित गर्न सकियो भने तीव्र गतिका कारण हुने दुर्घटनालाई कम गर्न सकिन्छ भनेर अभियानको सुरुवात गरेका छौं ।’

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का प्रख्यात बन्जाडेले ‘राडर गन’ (लेजर गन) मार्फत सवारीसाधनको गति मापन हुने भएकाले यो प्रभावकारी कदम भएको बताए । उनले भने, ‘ट्राफिक प्रहरीको यो अभियानले सवारी दुर्घटना न्यूनीकरण गर्न सहयोग गर्छ, तर यो अभियान केही दिन मात्र सञ्चालन गरेर हुँदैन, यसलाई निरन्तरता दिदै जानुपर्छ । ’तीव्र गतिमा सवारीसाधन चलाउनेलाई सचेत गर्ने भएकाले सवारी दुर्घटनामा कमी आउने बन्जाडेले विश्वास व्यक्त गरे । त्यस्तै तिलोत्तमा नगरपालिका–१७ का महेन्द्र गुप्ता (प्रशान्त) ले पनि ट्राफिक प्रहरीको यो अभियानको प्रशंसा गरे । उनले खास गरी रुपन्देहीमा तीव्र गतिका कारण सवारी दुर्घटना बढेको तथ्यांक रहेको हुँदा यो अभियानले सवारी दुर्घटनामा कमी आउने बताए ।

    यो अभियानको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीलाई धन्यवाद दिँदै यसलाई निरन्तरता दिनुपर्ने र रुपन्देही मात्र नभइ ७७ वटै जिल्लामा यो अभियान सञ्चालन गर्नुपर्ने समेत उनको भनाइ छ । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij