२०८३, बैशाख २० गते

May 03 2026 | २०८३, बैशाख २० गते

नागरिकता विधेयक फिर्ता भएको विरोधमा लोसपा रुपन्देहीद्वारा भैरहवामा प्रदर्शन

सोमवार , श्रावण ३०, २०७९

  • 3.7K
    Shares
  • 3.7K
    Shares
  • भैरहवा, ३० साउन । 
    राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएपछि लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) रुपन्देहीले विरोध प्रदर्शन गरेको छ । सो पार्टीले भैरहवास्थित मिलनचोकमा सोमबार प्रदर्शन गरेको हो । 

    लोसपा रुपन्देहीका अध्यक्ष अजय वर्माले नागरिकता विधेयक फिर्ता गरी राष्ट्रपति भण्डारीले गल्ती गर्नुभएको बताए । उनले भने, ‘राष्ट्रपतिले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्थयो ।’

    लोसपा रुपन्देहीका प्रवक्ता राम किशुन नायकको सञ्चालनमा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य निलम यादव, लुम्बिनी प्रदेश कार्यकारिणी सदस्य मोहम्मद इस्लाम, नसिम अखतर खाँ, रामु यादव, रामशंकर कोहार, रुपन्देही जिल्ला इञ्चार्ज मोहनलाल यादव लगायतको उपस्थिति रहेको थियो ।