२०८३, बैशाख २० गते

May 03 2026 | २०८३, बैशाख २० गते

पशु सेवा विधेयकमा त्रुटी भएको भन्दै सच्याउन माग

शुक्रवार , भाद्र ३, २०७९

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • भैरहवा, ३ भदौ ।
    प्रतिनिधिसभाले अघि बढाएको पशु स्वास्थ्य तथा पशु सेवा विधेयक त्रुटीपूर्ण रहेको भन्दै देशभरका पशु चिकित्सक आन्दोलित भएका छन् । एसइई उत्तीर्ण गरी तीन वर्षको पशु विज्ञान अध्ययन गरेका तथा एसईई समेत उत्तीर्ण नगरेका व्यक्तिलाई पशु चिकित्सकसरह अधिकार पाउने गरी पशु स्वास्थ्य तथा पशु सेवा विधेयक अघि बढाएको भन्दै पशु चिकित्सक आन्दोलित भएका हुन् । 

    विरोधस्वरुप नेपाल भेटेरिनरी एसोसिएसन लुम्बिनी प्रदेश समितिले शुक्रबार बुटवलमा विरोध र्‍याली निकालेको छ । अस्पताल लाइनबाट सुरु भएको र्‍याली मिलनचोक हुँदै राजमार्ग चौराहामा गएर कोणसभामा परिणत भएको थियो । 

    कोणसभामा बोल्दै समितिका सचिव डा. युवराज पन्थले विज्ञ र प्राविधिकबीच सामान्य भिन्नता समेत नदेखिने गरी विधेयक अगाडि बढाएकोले विरोध गर्नुपरेको बताए । यो विधेयक दुवै सदनबाट हुबहु पारित भइ राष्ट्रपतिबाट प्रमाणीकरण भए पशुपन्छीको शल्यक्रिया, सम्पूर्ण उपचार, पोस्टमार्टम लगायत सबै अधिकारप्राप्त गर्न भेटेरिनरी चिकित्सकको योग्यता आवश्यक नपर्ने पन्थले बताए । पन्थले भने, ‘पशु स्वास्थ्य प्राविधिकलाई चिकित्सक सरहको अधिकार दिने नेपाल संसारकै पहिलो मुलुक हुनेछ । ’ पशु स्वास्थ्य तथा पशु सेवा परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभाको बैठकबाट मंगलबार पारित भएको छ ।