२०८२, भाद्र २५ गते

Sep 10 2025 | २०८२, भाद्र २५ गते

देशभर २९९ नयाँ संक्रमित थपिँदा थप दुई जनाको मृत्यु

शनिवार , भाद्र ४, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमाडौं, ४ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा २९९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा थप दुई संक्रमितले ज्यान गुमाएका छन् ।

    ४ हजार ३३७ परीक्षणमा २९९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ । पीसीआरबाट १८० जना र एन्टिजेन परीक्षणमा ११९ जनामा संक्रमण देखिएको हो ।

    यस अवधिमा ५७७ जना कोरोनामुक्त भएका छन् । हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ६२५ रहेको मन्त्रालयले जनाएको छ ।