२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रक्तदान कार्यक्रम सम्पन्न 

आइतवार , श्रावण ११, २०७७

बुटवल, ११ साउन । एक्सपर्ट फाउण्डेशन रुपन्देही शाखाको आयोजना रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोभिड १९ का कारण हुन सक्ने रगतको अभावलाई पुर्ति गर्ने उद्देश्यले फाउण्डेशनले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

रक्तसञ्चार केन्द्र बुटवल र लायन्स मणिग्रामको सहकार्यमा भएको रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको एक्सपर्ट फाउण्डेशन नेपालका अध्यक्ष रोशन कंडेलले जानाकारी दिए । फाउण्डेशनले नेपालका आफ्ना २१ शाखाहरु बाट स्थानिय रक्तसञ्चार केन्द्रको समन्वयमा रक्तदान कार्यक्रम गर्ने कार्यक्रम अनुसार बुटवलमा पनि रक्तदान कार्यक्रमको आयोजना गरिएको उनले बताए ।

फाउण्डेशनले यस अघि नेपालभर विभिन्न शिक्षा, स्वास्थ्य, खेलकुदका क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आएको छ । फाउण्डेशनले भुकम्पको समयमा सिन्धुपाल्चोकको चेलाङ माध्यमिक विद्यालयमा १० लाख बराबरको भवन निर्माण, नुवाकोटमा ७ लाख ५० हजार राहत वितरण गरेको थियो । त्यस्तै गरिव तथा जेहेन्दार विद्यार्थीहरुका लागि गोरखामा १ लाख, महाविर पुनलाई १ लाख, क्रिकेट विकासका लागि १ लाख ५० हजार, बाढि पिडितलाई ५ लाख ७५ हजार सहयोग गरेको थियो ।

त्यस्तै एक्सपर्टले कोरोनाका कारण अप्ठयारोमा परेका विद्यार्थीहरुलाई २ लाख ३२ हजार अष्टेलियन डलर अथार्त १ करोड ८५ लाख बरारबको खाद्यान्य वितरण गरेको थियो । फाउण्डेशन एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेसको भातृ संगठन हो ।