images

शुक्रवार, चैत्र १६ गते २०८०

भैरहवामा अन्तरविद्यालय लोक नृत्य प्रतियोगिता 

भैरहवामा अन्तरविद्यालय लोक नृत्य प्रतियोगिता 

images
images
images
सोमवार, भाद्र ६ २०७९
सोमवार, भाद्र ६ २०७९
  • भैरहवामा अन्तरविद्यालय लोक नृत्य प्रतियोगिता 

    भैरहवा, ६ भदौ । 
    सामूहिक विद्यालय परिवार, रुपन्देहीको आयोजनामा अन्तरविद्यालय लोक नृत्य प्रतियोगिता–२०७९ शनिबार भैरहवामा सम्पन्न भएको छ । १५ वटा विद्यालयको सहभागीता रहेको उक्त प्रतियोगितामा युनिभर्सल पब्लिक हाई स्कूल प्रथम, मनकामना इङलिस बोर्डिङ हाई स्कूल दोस्रो, आदर्श विद्या मन्दिर तेस्रो र सि.बि. पब्लिक हाई स्कूल सान्त्वना भएको कार्यक्रम संयोजक तथा प्याब्सनका केन्द्रीय उपाध्यक्ष विष्णु पन्थीले बताए ।

    images
    images
    images

    प्रतियोगितामा निर्णायकको भूमिका नृत्य निर्देशक संघ, नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष लोकेन्द्र शाह र कोषाध्यक्ष रजनी श्रेष्ठले निर्वाह गरेका थिए ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य प्रा डा. कपिलदेव लामिछानेले संस्कृतिलाई संरक्षण गर्न सबै आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताए । त्यस्तै प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्माले सामूहिक विद्यालय परिवारले विभिन्न अतिरिक्त क्रियाकलापलाई पनि अगाडि बढाएको बताए ।

    सामूहिक विद्यालय परिवार रुपन्देहीका अध्यक्ष उदय कुमार मल्लिकको अध्यक्षता, उपाध्यक्ष युवराज पोख्रेलको स्वागत तथा सचिव सृजना पाठकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij