२०८२, भाद्र २५ गते

Sep 10 2025 | २०८२, भाद्र २५ गते

सामूहिक विद्यालय परिवारद्वारा एसईईमा उत्कृष्ट विद्यार्थीलाई सम्मान

सोमवार , भाद्र ६, २०७९

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • भैरहवा, ६ भदौ ।

    सामूहिक विद्यालय परिवार, रुपन्देहीले परिवारअन्तर्गत एसईई परीक्षामा उत्कृष्ट जीपीए ल्याउन सफल छात्र तथा छात्रालाई सम्मान गरेको छ । प्रत्येक वर्षझैं यस वर्ष पनि उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीहरुलाई प्रमाणपत्र र नगद रु. ५ हजारसहित सम्मान गरिएको परिवारका अध्यक्ष उदय कुमार मल्लिकले बताए ।

    २०७८ सालको एसईई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने छात्रतर्फ लुम्बिनी शिक्षा निकेतनका मनुवर हुसेन शेख र छात्रातर्फ स्पांगल इङलिस हाई स्कूलकी जैस्मिन खातुनलाई शनिबार एक कार्यक्रमकाबीच सम्मान गरिएको उनले जानकारी दिए ।