२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

हरितालिका तीजको अवसरमा रोहिणीमा शुभकामना आदानप्रदान

शुक्रवार , भाद्र १०, २०७९

भैरहवा, १० भदौ ।
रुपन्देहीको रोहिणी गाउँपालिकामा हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा धकधईस्थित सरस्वती थर्कबहादुर रायमाझी सेवा फाउण्डेशन धर्मशालामा उक्त कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले धर्म संस्कृतिको संरक्षण गर्नुपर्ने बताए । उनले गाउँपालिकाको विकासका लागि गाउँपालिकाबासीको सल्लाह सुझाव आवश्यक रहेकोमा जोड दिए । उनले भने, ‘महिला स्वास्थ्य स्वयंसेविकको भूमिका महत्वपूर्ण छ, म उहाँहरुको मिहिनेतको प्रशंसा गर्न चाहन्छु । ’ कार्यक्रम आयोजना गर्न पाउँदा खुसीको अनुभुति भएको उनको भनाइ थियो । अध्यक्ष यादवले आगामी दिनमा विभिन्न कार्यक्रम सञ्चालन गरिने बताए ।

कार्यक्रममा रोहिणी गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्री, वडा नम्बर २ का वडाअध्यक्ष करम हुसेन खाँ, ७ का वडाअध्यक्ष इन्द्रमान चौधरी लगायतले बोल्दै तीजको शुभकामना व्यक्त गरेका थिए ।

IMG-20220826-WA0060.jpg

गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ति हरिजनको अध्यक्षता, महिला स्वास्थ्य स्वयंसेविका पदमा थापाको स्वागत तथा गाउँपालिकाको महिला विकास शाखा प्रमुख जमुना शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम पोखरेल, समाजसेवी सतिशचन्द्र मिश्रा लगायतको आतिथ्यता रहेको थियो ।

विद्यालयमा शुद्ध खानेपानी

यसैबीच रोहिणी गाउँपालिकाले विद्यालयमा शुद्ध खानेपानीको व्यवस्था गरेको छ । रोहिणी–३ परासीझुंगास्थित श्री जनचेतना आधारभूत विद्यालयमा अर्टिजन जडान गरिएको छ । अर्टिजनको शुक्रबार रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले उद्घाटन गरेका हुन् ।

FB_IMG_1661516115881.jpg

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम पोखरेल, गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्री, वडा नम्बर २ का अध्यक्ष करम हुसेन खाँ, वडा नम्बर ३ का सदस्य नेम बहादुर घती, ३ का  सदस्य जुद्ध प्रकाश चौधरी कुर्मी, चन्द्रिका प्रसाद धवल, विद्यालय व्यवस्थापन समितिका सदस्य लगायतको उपस्थिति रहेको थियो ।