२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

जन्मदिनको अवसरमा रोहिणी अध्यक्षद्वारा सहिद परिवारलाई एकमहिनाको पारिश्रमिक प्रदान

शुक्रवार , भाद्र १०, २०७९

भैरहवा, १० भदौ ।
आफ्नो जन्मदिनको अवसर पारेर रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले मधेश आन्दोलनका सहिद परिवारलाई सहयोग गरेका छन् । उनले शुक्रबार रोहिणी गाउँपालिका-५ का स्व. रामेश्वर पासीको परिवारलाई आफ्नो एक महिनाको पारिश्रमिक वापतको ३३ हजार रुपैयाँ प्रदान गरेका हुन् । स्व. पासीका श्रीमती र चार जना छोरी छन् । 

मधेश आन्दोलनमा क्रममा ज्यान गुमाएका रामेश्वर पासीको परिवारलाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरेको अध्यक्ष यादवले बताए । त्यस्तै गाउँपालिका अध्यक्ष यादवले सहिद स्व. रामेश्वर पासीको परिवारलाई खाद्यान्न सामग्री समेत प्रदान गरेका छन् ।