२०८२, माघ ४ गते

Jan 18 2026 | २०८२, माघ ४ गते

एम्स कलेजमा तनाव व्यवस्थापन सेमिनार तथा तीज विशेष कार्यक्रम

सोमवार , भाद्र १३, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • बुटवल, १३ भदौ ।
    एम्स कलेज, बुटवलले अहिलेको विषम परिस्थितिलाई मध्यनजर गर्दै आफ्ना अभिभावक, विद्यार्थी, प्राध्यापक एवं कर्मचारीहरुलाई सहभागी गराई तनाव व्यवस्थापनसम्बन्धी सेमिनारसँगै तीजको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

    कार्यक्रममा प्रमुख श्रोत व्यक्ति नशा एवं मनोरोग विशेषज्ञ डा. विनोद पौडेलले तनाव सिर्जना हुनुका कारण तनाव व्यवस्थापनका उपायहरुका साथमा मानव जीवनको विभिन्न कालखण्डमा आउने तनावका बहुपक्षीय विषयहरुमाथि प्रष्ट पार्दै सहभागिहरुले राखेका व्यवहारिक जिज्ञासाहरुलाई समाधान गरेका थिए ।

    कलेजका प्रमुख दीपक ढकालको अध्यक्षता, कार्यकारी निर्देशक गोपाल प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता, प्राध्यापक सुरज शाक्यको सञ्चालन तथा विकास श्रेष्ठको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै ढकालले तनाव व्यवस्थापान स्वास्थ्य जीवनका लागि हरेक व्यक्तिको निम्ति अपरिहार्य भएकोले यसप्रकारको कार्यक्रम लाभदायी हुने कुरा बताए ।

    कार्यक्रमको अर्को सत्रमा काउन्सिल अफ एम्स स्टुडेण्टसले विद्यार्थी एवं कर्मचारीहरुलाई सहभागी गराइ तीजको साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थियो भने गायक श्रीधर अधिकारीले तीजका विभिन्न गीत संगीत प्रस्तुत गरेका थिए ।