२०८३, बैशाख २० गते

May 03 2026 | २०८३, बैशाख २० गते

कोहलपुर नगरपालिकाद्वारा अवैध संरचना भत्काउन सुरु

मंगलवार , भाद्र १४, २०७९

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • बाँके, १४ भदौ ।

    कोहलपुर नगरपालिकाले सरकारी जग्गा मिचेर निर्माण गरिएका अवैध संरचना भत्काउन सुरु गरेको छ । सोमवार विहानबाट नेपाल प्रहरीको सहयोगमा न्युरोडबाट अवैध निर्माण भत्काउने कार्य सुरु गरेको हो । 

    कोहलपुर नगर विकास समितिले ३० असारको बोर्ड बैठकबाट निर्णय भएअनुसार तत्काल सडकपेटी र फुटपाथमा बनाइएका अवैध संरचना हटाउने निर्णय गरेअनुसार नै अबैध संरचना हटाउने सुरु गरिएको कोहलपुरका मेयर पूर्ण आचार्यले जानकारी दिए ।उनका अनुसार समितिको सो निर्णय अनुसार ३५ दिने सुचना जारी गर्दा पनि हटाउन आनाकानी गरे पछि अवैध संरचना हटाउन तथा जग्गा खाली गर्न  पुन: तीन दिने सूचना जारी गरिएको थियो ।

    नगरपालिकाले जारी गरेको ३५ दिने सूचनाको अवधि सकिए लगत्तै अवैध संरचना र कब्जा हटाउने अभियान सुरु गरिएको नगरपालिकाले जनाएको छ । सोमबार बिहान न्युरोडबाट दुई वटा अवैध टहरा भत्काएर अगाडि बढेको डोजरसहितको टोली बसपार्क क्षेत्रमा पुग्दा स्थानीयले अवरोध गर्न खोज्दा प्रहरीले सुरक्षा समेत दिनु परेको थियो । अब सुरक्षाकर्मी थपेर भए पनि कोहलपुर नगरपालिका भित्रका सरकारी जग्गामा गरिएको अवैध कब्जा हटाउने मेयर आचार्यले बताए । न्युज कारखाना