शुक्रवार, आश्विन ५ गते २०८०

‘रोहिणीको विकासका लागि हातेमालो गर्दै अघि बढ्छु’

‘रोहिणीको विकासका लागि हातेमालो गर्दै अघि बढ्छु’

images
images

खबर पात्रो

१६, भाद्र २०७९
  • 2.2K
    SHARES
  • ‘रोहिणीको विकासका लागि हातेमालो गर्दै अघि बढ्छु’

    २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा रुपन्देहीको रोहिणी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी, नेपाल (जसपा) का उम्मेदवार विद्या प्रसाद यादव निर्वाचित भए । २०७० र २०७४ सालको निर्वाचनमा सांसदको उम्मेदवार भएका यादवले दुवै निर्वाचनमा जित्न सकेनन् । स्थानीय तहको निर्वाचनमा पहिलो पटक उम्मेदवार बनेका उनी गाउँपालिका अध्यक्षमा निर्वाचित भए ।

    यादव जसपा, नेपालका संघीय परिषद् सदस्य समेत हुन् । प्रस्तुत छ रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवसँग गरिएको कुराकानीको सम्पादित अशं ः

    images
    images

    रोहिणी गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको छ । कस्तो अनुभुति भइरहेको छ ?

    रोहिणी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएको छु । जनताको सेवागर्ने मौका पाएको छु । जनताबाट ठूलो अवसर पाएको छु । गाउँपालिका अध्यक्ष पद आफैमा महत्वपूर्ण जिम्मेवारी हो । जनताले मलाई विश्वास गरेर अमूल्य मत दिइ निर्वाचित गराउनुभएको छ । जिम्मेवारी बढेको अनुभुति भइरहेको छ । जनताको मतको सम्मान गर्दै उहाँहरुको सुखदुःखमा साथ रहनेछु ।

     रोहिणी गाउँपालिकामा पाँच वर्षमा के के गर्न सकिन्छ भन्ने लागेको छ ?

    निर्वाचन अघि घोषणा पत्र बनाएर जनताको घरदैलोमा पुगेका थियौं । सोही घोषणापत्र अनुसार मुख्यतःशिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि लगायत गाउँपालिकाको विकासका लागि काम गर्नेछौं । रोहिणी गाउँपालिकाको आफ्नै भवन नभएकाले हाल भाडाको भवनमा सञ्चालनमा छ । विगत पाँच वर्षमा गाउँपालिकाको भवन निर्माण हुन सकेन । आफ्नो कार्यकालमा भवन बनाउनेछु । त्यस्तै गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माण गरिनेछ । शैक्षिक गुणस्तरमा सुधार, विद्यालयमा भौतिक पूर्वाधार निर्माण, सडक निर्माण जस्ता कार्यलाई प्राथमिकता दिनेछौं । जनतालाई नजिकबाट सेवा सुविधा प्रदान गर्ने उद्देश्यले भन्ने गाउँपालिकाबाट विभिन्न कार्यक्रम सञ्चालन गर्नेछौं । धर्म संस्कृतिको संरक्षणमा ध्यान दिनेछौं । गाउँपालिकाका प्रत्येक विद्यालयमा सीसीटिभी क्यामेरा जडान गर्ने योजना छ । त्यस्तै रोहिणी गाउँपालिकामा विभिन्न उद्योगहरु रहेकोले विभिन्न क्षेत्रमा सीसीटिभी क्यामेरा जडान गर्ने योजना छ । रोहिणी गाउँपालिकालाई नमूना गाउँपालिका बनाउँछौैै. ।

    अन्य दल र मुख्य प्रतिष्पर्धीलाई कसरी समेटनुहुन्छ ?

    सम्पूर्ण राजनीतिक दलको मुख्य एजेण्डा नै रोहिणी गाउँपालिकाको विकास हो । अन्य दलसँग समन्वय गर्दै अगाडि बढ्छु । उहाँहरुसँग सल्लाह सुझाव लिएर नै अगाडि बढ्छु । म जनता समाजवादी पार्टी, नेपाल (जसपा)बाट निर्वाचित भएको छु । निर्वाचनमा प्रतिष्पर्धा गरेका थियौंं । विकासका लागि एकजुट भएर अगाडि बढ्नुपर्छ । कसैलाई पनि प्रतिष्पर्धी नमान्दै विकासकालागि हातेमालो गर्दै अघि बढ्छु । गाउँपालिकाको विकास हुनुपर्छ । रचनात्मक सहयोगको लागि सबैलाई धन्यवाद दिन चाहन्छु ।

    रोहिणी बासीले तपाईसँग के अपेक्षा गरेका छन् ?

    जनताको सेवागर्न जिम्मेवारी पाएको छु । जनताको चाहना गाउँपालिकाको विकास हो । जनता अभिभावक हुन् । म जनताको चौकीदार हुँ । मैले गाउँपालिकाको विकासका लागि काम गर्नुपर्छ भन्ने रोहिणी बासीको अपेक्षा हो । गाउँपालिका भवन, अस्पताल, शैक्षिक गुणस्तरमा सुधार, भौतिक पूर्वाधार विकास जस्ता अपेक्षा उहाँहरुको छ ।

    गाउँपालिकाको मुख्य मुख्य समस्या के के छन् ?

    सर्वप्रथम यहाँ अस्पताल छैन । त्यस्तै क्याम्पस छैन । जसका कारण उच्च शिक्षाका लागि विद्यार्थीहरुलाई रोहिणी बाहिर जानुपर्ने बाध्यता छ् । रोहिणीमा क्याम्पस सञ्चालन गर्ने योजना छ । गाउँपालिका भवन बन्न सकेको छैन । गाउँपालिकाका मुख्य मुख्य समस्या समाधान तर्फ लागिपरेका छौं ।

    यहाँ निर्वाचित भइसके पछि अहिलेसम्मको अवधिमा के के काम भएका छन् ?

    विभिन्न विद्यालयमा भवननिर्माण, शैक्षिक सामग्री वितरण, जेहेन्दार विद्यार्थीलाई साइकल वितरण गरिएको छ । म निर्वाचित भएको तीन महिना पुगेको छ । पाँचवर्षको कार्यकालमा धेरै काम गर्न बाँकी नै छ । 

    संघ र प्रदेश सरकारसँग कस्तो समन्वय छ ?

    लुम्बिनी प्रदेश सरकारको भौतिकपूर्वाधार विकास र कृषि मन्त्रालय मार्फत योजना आएको छ । संघबाट योजना ल्याउने पहल गरिरहेको छु । आगामी दिनमा धेरै योजनाहरु सञ्चालन गर्नेतर्फ लागिपरेका छौं ।

     

     

    images
    प्रकाशित मिति :भाद्र १६, २०७९ बिहिवार - १२:३८:३७ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij