२०८३, बैशाख २० गते

May 03 2026 | २०८३, बैशाख २० गते

बज अटोमोबाइल्स प्रा.लि.द्वारा लुम्बिनीमा शाखा शुभारम्भ

बिहिवार , भाद्र १६, २०७९

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • भैरहवा, १६ भदौ ।
    बज अटोमोबाइल्स प्रा.लि.को पर्सा, लुम्बिनी शाखा शुभारम्भ भएको छ । शाखाको बिहीबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । शाखाको लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमानले उद्घाटन गरेका हुन् ।

    कार्यक्रममा बोल्दै नगरप्रमुख मुसलमानले बज अटोमोबाइल्स प्रा.लि.ले लुम्बिनीमा शाखा शुभारम्भ गर्नु सराहनीय रहेको बताए । उनले यस क्षेत्रका बासिन्दालाई सुविधा प्रदान हुने भएको भन्दै बज अटोमोबाइल्सलाई धन्यवाद दिए ।

    बज अटोमोबाइल्स प्रा.लि.भैरहवाका प्रबन्ध निर्देशक हरि बहादुर थापाले बुद्ध जन्मस्थल लुम्बिनीबासीलाई एकदमै नजिकबाट सेवा प्रदान गर्ने उद्देश्यले शाखा शुभारम्भ गरिएको बताए । उनले भने, ‘यस क्षेत्रका बासिन्दालाई सहज रुपमा सेवा उपलब्ध गराउने उद्देश्यले शाखा स्थापना गरेका हौं, सेवासम्बन्धि केही गुनासो भए अवश्य भन्नुहोस् । ’

    IMG_9891.JPG

    लुम्बिनी बौद्ध विश्वविद्यालयका डीन डा. माणिकरत्न शाक्यले अटोमोबाइल्स क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका उपाध्यक्ष नेत्र प्रसाद आचार्यले बजाजले ग्राहकको मन जित्न सफल भएको बताए ।

    IMG_9867.JPG

    बज अटोमोबाइल्स प्रा.लि. भैरहवाका सञ्चालक हरि बहादुर थापाको अध्यक्षता, लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमानको प्रमुख आतिथ्यता, गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौड्याल, नेपाली कांग्रेस लुम्बिनी साँस्कृतिक नगरपालिका सभापति मोहम्मद सईद खान लगायतको आतिथ्यता, गुरु प्रसाद क्षेत्रीको स्वागत तथा कृष्ण प्रसाद खरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।