२०८२, भाद्र २५ गते

Sep 10 2025 | २०८२, भाद्र २५ गते

पश्चिम पहुनी माविको भवन उद्घाटन

शुक्रवार , भाद्र १७, २०७९

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • बुटवल, १७ भदौ । 
    तिलोत्तमाको पश्चिम पहुनी माध्यमिक विद्यालयको भवन उद्घाटन भएको छ । तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले शुक्रवार एक कार्यक्रमकाबीच  वडा नम्बर ६ पूर्व पहुनीस्थित सो विद्यालयको पाँचकोठे र दुईकोठे भवनको उद्घाटन गरेका हुन् ।

    भवन उद्घाटन गर्दै नगरप्रमुख खाँणले अब भवन निर्माण सम्पन्न भएपछि विद्यार्थीलाई पठनपाठन गर्नका लागि सहज हुने बताउँदै शैक्षिक गुणस्तर पनि सँगसँगै सुधार गर्नुपर्ने बताए । साथै नगरभित्रका सामूदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न आवश्यक सहयोग गर्न तयार रहेको बताए । 

    त्यस्तै नगर उपप्रमुख जगेश्वरीदेवी चौधरीले शिक्षा, स्वास्थ्य लगायत हरेक क्षेत्रमा अब्बल बनाउनुपर्ने र नगर त्यसका लागि तयार रहेको बताइन् । तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष गणेश पाठकले आफ्नो वडामा रहेका सामुदायिक विद्यालयहरुको स्तरोन्नतिको लागि आफूले पहल गरिरहने बताए ।

    कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुम बहादुर थापा, नगरभित्रका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, टोल विकास संस्थाका अध्यक्ष, अभिभावक, विद्यार्थी लगायतको सहभागीता रहेको थियो ।