२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रोहिणी–१ कुस्मीमा बन्ने झोलुंगे पुल निर्माणका लागि अध्ययन

आइतवार , भाद्र १९, २०७९

भैरहवा, १९ भदौ ।
रुपन्देहीको रोहिणी गाउँपालिका–१ स्थित कुस्मीमा निर्माण हुने झोलुंगे पुलसम्बन्धि अध्ययनका लागि टोली आइतबार पुल निर्माणस्थलमा आएको छ । रोहिणी गाउँपालिका वडा नम्बर १ कुस्मी र २ खुरहुरिया गाउँको बीचमा पर्ने रोहिणी खोलामा बन्ने झोलुंगे पुलबारे अध्ययन गरिएकोे हो । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट आएको टोलीले स्थलगत निरीक्षण गर्दै यहाँको अवस्थाबारे जानकारी लिएको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए । उनले १ करोड २० लाखको लागतमा पुल निर्माणपछि स्थानीयबासीलाई आवातजावतमा सहज हुने विश्वास व्यक्त गरे । 

IMG-20220904-WA0015.jpg

त्यस्तै रोहिणी गाउँपालिका–२ स्थित बैरिहवामा पक्की पुल निर्माणका लागि प्रक्रिया अघि बढिसकेको बताए । निर्वाचनमा जनतामाझ वाचा गरेका कामहरु क्रमशः पुरा गर्दै जाने अध्यक्ष यादवले बताए ।