२०८२, श्रावण २० गते

Aug 05 2025 | २०८२, श्रावण २० गते

रुपन्देही–३ मा भुसाल र घिमिरेसहित एमालेबाट चारजना सिफारिस

आइतवार , भाद्र १९, २०७९

भैरहवा, १९ भदौ । 
नेकपा एमालेले रुपन्देही क्षेत्र नम्बर ३ बाट पार्टीका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसालसहित चारजनाको नाम उम्मेदवारका लागि सिफारिस गरेको छ । पार्टी क्षेत्रीय कमिटीले भुसालसहित तिलोत्तमा नगरपालिकाका निवर्तमान नगरप्रमुख तथा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य वासुदेव घिमिरे, दुर्गा भुसाल तथा यज्ञजित शाहलाई सिफारिस गरेको हो । 

यसअघि ०७४ सालको निर्वाचनमा भुसालले कांग्रेस–राप्रपाका साझा उम्मेदार दीपक बोहरालाई पराजित गरेका थिए । यो गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणको पनि क्षेत्र हो । अघिल्लोपटक समानुपातिकमा बसेका खाँण अहिले प्रत्यक्ष लड्ने तयारीमा छन् ।