२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

 प्याब्सन जिल्लास्तरीय हाजिरीजवाफको उपाधि सुनगाभालाई

शनिवार , भाद्र २५, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • बुटवल, २५ भदौ । 
    नेशनल प्याब्सन जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि सैनामैनाको सुनगाभा इङलिस माध्यमिक विद्यालयले जितेको छ । रुपन्देही जिल्लाका झण्डै दुई दर्जन संस्थागत विद्यालयहरुको सहभागीता रहेको प्रतियोगिताको उपाधिसहित सुनगाभाले शिल्ड, प्रमाणपत्र तथा नगद जितेको छ । 

    प्याब्सन रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको जिल्लास्तरीय अन्तरमावि हाजिरीजवाफ प्रतियोगिताको विजेता बनेको सुनगाभाले उपाधीसहित नगद ६ हजार जितेको हो । त्यस्तै प्रतियोगितामा देवदहको देवदह बोर्डिङ्ग स्कुल द्वितीय भएको छ । दोस्रो बनेको देवदहले शिल्ड, प्रमाणपत्रसहित ४ हजार ५ सय हात पारको छ । प्रतियोगितामा बुटवल ग्लोरी बोर्डिङ्ग स्कुल तृतीय हुँदै शिल्ड तथा ३ हजार र प्रोत्साहन पुरस्कार पाएको स्कलर्स होम बुटवलले १ हजार ५ सय नगद सहित शिल्ड तथा प्रमाणपत्र हात पारको छ ।

    नेशनल प्याब्सनका उपाध्यक्ष बिलप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विजयी विद्यालयतथा विद्यार्थीलाई पुरस्कार वितरण गर्दै प्याब्सनका केन्द्रीय सचिव कृष्णप्रसाद पौडेलले विद्यार्थीको आन्तरिक तथा बाह्य क्षमता विकासका लागि विद्यार्थीहरु बीचमा प्रतियोगितात्मक कार्यक्रम आवश्यक रहेको बताए । उनले समयसमयमा प्रतिष्र्धात्मक कार्यक्रम विद्यालयले आयोजना गर्नुपर्ने उल्लेख गर्दै प्याब्सनले विद्यार्थीको मनोबल तथा आत्मविश्वास बढाउने र प्रोत्साहन गर्ने कार्यक्रम गर्दै आएको बताए । प्याब्सन रुपन्देहीका सचिव बाबुराम बन्जाडेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।