२०८२, श्रावण २० गते

Aug 05 2025 | २०८२, श्रावण २० गते

अनेमसंघ रुपन्देहीको आयोजनामा महिला युवा भेला

आइतवार , भाद्र २६, २०७९

बुटवल, २६ भदौ ।
अखिल नेपाल महिला संघ जिल्ला कमिटी रुपन्देहीको आयोजनामा जिल्ला महिला युवा भेला सम्पन्न भएको छ । अनेमसंघ रुपन्देहीकी अध्यक्ष मधुकला कुँवरको अध्यक्षतामा भएको भेलाको उद्घाटन एमाले केन्द्रीय सदस्य एवं रुपन्देही सह–इञ्चार्ज गुमादेवी आचार्यले गरेकी थिइन् । त्यस अवसरमा बोल्दै उनले मंसिर ४ गते हुने संघीय र प्रदेशसभाको निर्वाचनमा एमालेलाई जिताउने गरी क्रियाशिल हुन आग्रह गरिन् । अनेमसंघकी केन्द्रीय सदस्य समेत रहेकी आचार्यले सत्ता गठबन्धनले एमालेविरुद्ध घेराबन्दी गरेको अवस्थामा महिलाहरु संगठित भएर चुनावमा होमिने हो भने एमालेको जित निश्चित रहेको दावी गरिन् ।

कार्यक्रममा एमाले लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य एवं अनेमसंघ केन्द्रीय सचिवालय सदस्य जानकी न्यौपाने, केन्द्रीय सदस्य लक्ष्मी कोइराला, पम्फावती खनाल, ज्ञानु केसी, थानेश्वरी चौधरी, कल्पना थापा, उमा अधिकारी, पुनम लिगल, शान्ति, विजयलक्ष्मी राय, वसुन्धरा भुसाल, अनेमसंघ जिल्ला उपाध्यक्षद्वय विष्णु केसी, सीता खनाल लगायतले बोलेका थिए ।

भेलाले १८ वर्षदेखि ३० वर्षका अनेमसंघ युवा महिला जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । श्रृजना थापाको सह–संयोजक भावना लिगल र सचिव अमृता भट्टराईसहित ३१ सदस्यीय समिति गठन गरिएको अनेमसंघ रुपन्देही अध्यक्ष मधुकला कुँवरले जानकारी दिइन् ।

त्यसै गरी बुटवल उपमहानगरपालिका वडा नम्बर १८ मा वडास्तरीय प्रथम भेला सम्पन्न भएको छ । महारानी थारुको अध्यक्षतामा भएको भेलामा प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य एवं रुपन्देही सह–इञ्चार्ज सावित्रा अर्याल, प्रदेश कमिटी सचिवालय सदस्य एवं अनेमसंघ केन्द्रीय सदस्य लक्ष्मी कोइराला लगायतले बोलेका थिए । भेलाले अनेमसंघको वडा कमिटी गठन गरेको छ । सोही वडामा १८ देखि ३० वर्षका युवा महिलाको प्रथम भेलाबाट दुर्गा  भण्डारीको संयोजकत्वमा ९ सदस्यीय अनेमसंघ युवा महिला वडा कमिटी गठन गरिएको छ ।