२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

रोहिणीमा सुआहारा दोस्रो कार्यक्रमको सिकाई आदानप्रदानसम्बन्धी कार्यशाला गोष्ठी 

आइतवार , भाद्र २६, २०७९

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • भैरहवा, २६ भदौ ।
    रुपन्देहीको रोहिणी गाउँपालिका–३ स्थित धकधईमा सुआहारा दोस्रो कार्यक्रमको सिकाइ आदानप्रदानसम्बन्धी कार्यशाला गोष्ठी आइतबार सम्पन्न भएको छ । गाउँपालिका उपाध्यक्ष शिवकान्ति हरिजनको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मंगल दास दुवाल, अर्जुन श्रेष्ठ, किस्मती चौधरीले सुआहारा दोस्रो कार्यक्रमबाट प्रयाप्त उपलब्धीको बारेमा प्रस्तुतीकरण गरेका थिए ।

    कार्यक्रममा गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादव, उपाध्यक्ष शिवकान्ति हरिजन, प्रमुख प्रशासकीय अधिकृत प्रशुराम पोखरेल, वडा नम्बर ३ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता बीर बहादुर क्षेत्री , वडा नम्बर १ का वडाअध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक अविद अलि पठान, स्वास्थ्यकर्मी डाजेन्द्र प्रसाद नेपाल, बुद्धि प्रसाद पन्थ ,सेतो गुराँस बालबालिका सेवा रुपन्देहीको सदस्य ज्योति यादव, पालिका पोषण सहजकर्ता सन्तोष पन्थी, सामुदायिक पोषण सहजकर्ता जंग बहादुर हरिजन, पुनम मिश्रा लगायतले बोलेका थिए । रोहिणी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामनेवास चौधरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको छ ।