२०८२, भाद्र २५ गते

Sep 10 2025 | २०८२, भाद्र २५ गते

स्वास्थ्य कार्यालयको बार्षिक प्रगति समिक्षा तथा योजना तर्जुमा गोष्ठि शुरु 

मंगलवार , भाद्र २८, २०७९

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • भैरहवा । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले आर्थिक बर्ष २०७८/०७९ मा गरिएका कामको बार्षिक समिक्षा सुरु गरेको छ । 

    कार्यालयले स्वास्थ्य कार्यालय सहित १६ बटै पालिकामा सञ्चालित स्वास्थ्य कार्यक्रमको बार्षिक प्रगति समिक्षा तथा योजना तर्जुमा गोष्ठि सुरु गरेको हो । 
    कार्यक्रममा पालिकाका स्वास्थ्य शाखाले बर्ष भरीमा गरेका कामको बारेमा समिक्षा गरिएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरब ढकालले जानकारी दिनुभयो । 

    स्वास्थ्य कार्यालयले औषधी, पोषण, खोप, शुरक्षित मातृत्व, क्षयरोग, कुष्ठरोग, एचआईची, मलेरिया, सिकलसेल एनेमिया लगाएतका क्षेत्रमा काम गर्दै आएको र सबै सुचकहरुमा स्वास्थ्य कार्यालय रुपन्देहीको प्रगति राम्रो रहेको बताए । 

    IMG_8951.JPG

    IMG_8959.JPG

    कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमकान्त चपाई, लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. बिकास देवकोटा, स्वास्थ्य निर्देशक डा. बिनोद गिरी, सिद्धार्थनगर नगरपालिकाका मेयर ईश्तियाक अहमद खान, सियारी गाउँपालिकाकी उपाध्यक्ष तारा थारु लगाएतले बोल्दै स्वास्थ्य कार्यालयले प्रदान गर्ने सेवा गुणस्तरीय र जनमुखि रहेको बताएका थिए । 

    उनीहरुले स्वास्थ्य कार्यालय रुपन्देहीले कोभिड १९ को खोप, पोषण लगाएतमा प्रदेशमै उत्कृष्ट काम गरेको उल्लेख गर्दै स्वास्थ्य सुचकाङकमा रुपन्देही निकै रामौ रहेको बताए ।

    समिक्षा कार्यक्रममा स्वास्थ्य कार्यालय, १६ बटै पालिकाका स्वास्थ्य शाखामा कार्यरत प्रमुख तथा अन्य कर्मचारी लगाएत सहभागि छन् । समिक्षा तथा योजना तर्जुमा गोष्ठि भोली सकिने स्वास्थ्य कार्यालयका खोप अधिकृत भेषराज शर्माले जानकारी दिए ।