२०८२, भाद्र २५ गते

Sep 10 2025 | २०८२, भाद्र २५ गते

प्याब्सन सिद्धार्थनगरद्वारा शैक्षिक सामग्री वितरण

बुधवार , भाद्र २९, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • भैरहवा, २९ भदौ । 
    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सिद्धार्थनगरले शैक्षिक सामग्री वितरण गरेको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ मा २०३४ सालमा स्थापित सिद्धार्थ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको हो । ५८ औं राष्ट्रिय बाल दिवसको अवसर पारेर प्याब्सन सिद्धार्थनगरले शिक्षा प्राप्ती लागि शैक्षिक सामग्री अभाव हुन नदिन शैक्षिक सामग्री वितरण गरेको हो ।

    प्याब्सन केन्द्रीय उपाध्यक्ष विष्णु पन्थीले राज्यले नारा दिएर जिम्मेवारीबाट पन्छिएको बताउँदै शिक्षा प्राप्त गर्न पाउनु मौलिक अधिकार रहेको बताए ।

    प्याब्सन सिद्धार्थनगरका अध्यक्ष गोकुल पोखरेलले बालबालिकाको अधिकारको संरक्षण गर्दै बालमैत्री राष्ट्र निर्माणका लागि प्रत्येक घर परिवार तथा समुदाय, स्वास्थ्य सेवा तथा विद्यालय बालमैत्री हुन जरुरी रहेको बताए ।

    प्याब्सन सिद्धार्थनगरले विद्यालयका ७० जना विद्यार्थीलाई कापी, पेन्सिल इलेजर, कटर, स्केल र कलर वितरण गरेको थियो ।