images

बिहिवार, बैशाख २७ गते २०८१

रोहिणी गाउँपालिकाका विभिन्न स्थानमा सीसीटिभी क्यामेरा जडान गरिने

रोहिणी गाउँपालिकाका विभिन्न स्थानमा सीसीटिभी क्यामेरा जडान गरिने

images
images
images
बिहिवार, भाद्र ३० २०७९
बिहिवार, भाद्र ३० २०७९
  • रोहिणी गाउँपालिकाका विभिन्न स्थानमा सीसीटिभी क्यामेरा जडान गरिने

    भैरहवा, ३० भदौ ।
    रुपन्देहीको रोहिणी गाउँपालिकाका विभिन्न स्थानमा सीसीटिभी क्यामेरा जडान हुने भएको छ । दुर्घटना, अपराध तथा सुरक्षालाई मध्यनजर गर्दै विभिन्न स्थानमा सीसीटिभी क्यामेरा जडान गर्न लागिएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए । उनले भने, ‘सीसीटिभी क्यामेरा जडान गरिएपछि दुर्घटनाका कारणबारे जानकारी लिन सहयोग पुग्छ, सुरक्षाका दृष्टिकोणले पनि यो महत्वपूर्ण छ । ’

    images
    images
    images

    गाउँपालिकाका प्रवक्ता तथा रोहिणी–३ का वडाअध्यक्ष बीर बहादुर क्षेत्रीले सीमा क्षेत्रसँग जोडिएको रोहिणी गाउँपालिकामा सुरक्षाको दृष्टिकोणले सीसीटिभी क्यामेरा आवश्यक भएको बताए । उनले भने,‘विगतमा पनि यस क्षेत्रमा घटनाहरु भएका छन्, गाउँ कार्यपालिकाबाट निर्णय तथा विभिन्न क्षेत्रको पहिचान गरी सुरक्षा निकायसँग समन्वय गरेका छौं । ’उनले सीसीटिभी क्यामेरा जडान गर्ने कार्यक्रम अगाडि बढाउन लागिएको जानकारी दिए ।

    IMG_0936.JPG

    यसैबीच गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव, उपाध्यक्ष शिवकान्ति हरिजन, प्रमुख प्रशासकीय अधिकृत पर्शुराम पोखरेल, प्रवक्ता बीर बहादुर क्षेत्री, वडा नम्बर २ का अध्यक्ष करम हुसेन खाँ, ५ का अध्यक्ष घनश्याम सिंह क्षेत्री, वडा सचिव राजकुमार मिश्र, प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले बुधबार सीसीटिभी क्यामेरा जडान गर्ने क्षेत्रहरुको अनुगमन तथा अवलोकन गरेको छ । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij