२०८२, भाद्र २५ गते

Sep 10 2025 | २०८२, भाद्र २५ गते

डेंगु संक्रमित १२ हजार नाघे 

बिहिवार , भाद्र ३०, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • काठमाडौं, ३० भदौ ।

    नेपालमा डेंगु संक्रमितको संख्या १२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार उपलब्ध गराएको तथ्यांकअनुसार साउनदेखि २९ भदौसम्म १२ हजार दुई सय १७ जना डेंगु संक्रमित भएका छन् । यस्तै, डेंगु संक्रमणका कारण ११ जनाले ज्यान गुमाइसकेका छन् । 

    नेपालमा पहिलो पटक २०६१ सालमा डेंगुका बिरामी फेला परेका थिए । तत्पश्चात नेपालमा डेंगु बर्षेनी देखिएको छ । हाल देशको सात प्रदेशअन्तर्गतका ७५ जिल्लामा डेंगु फैलिएको छ। 

    डेंगु रोग रोकथाममा सरकारले गरेका यी हुन् प्रयास 

    – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु संक्रमण नियन्त्रण तथा रोकथाम गर्न प्रदेश, जिल्ला र स्थानीय तहसँग समन्वयात्मक प्रयास बारेमा निरन्तर छलफल गरिरहेको छ । 

    – इपिडीमियोलीजी तथा रोग नियन्त्रण महाशाखाले एक सय ३९ स्थानीय तह, ६० जिल्ला र सात वटै प्रदेशमा डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सञ्चालनका लागि बजेट विनियोजन गरेको छ।

    – विद्यालय र होटलहरूमा डेंगु रोगको रोकथामका लागि होटल एसोसिएसन अफ नेपाल र विद्यालयहरूको एसोसिएसनसँग बैठक सञ्चालन गरेको छ । न्युज कारखाना