
सोमवार , श्रावण १२, २०७७
बुटवल, १२ साउन ।
लायन्स क्लब अफ बुटवल सनराईजले बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेको छ । क्लबको वार्षिक कार्यक्रम अन्र्तगत सुनौलो घरको सहयोगमा सिर्जनशिल संस्था नेपालका सडक बालबालिकालाई खाद्यान्न सहयोग गरेको क्लबका अध्यक्ष समुन्द्र श्रेष्ठले बताए ।
सडक बालबालिकाहरुलाई ट्रान्जिट होम संचालन गर्दै आएको संस्थालाई सहयोग सामग्री हस्तान्तरण गर्दै लायन्स इन्टरनेशनल ३२५ बी टु का पास्ट डिजी सुनिल ओझा, जिएमटी डिष्ट्रिक को–अर्डिनेटर सुनिता श्रेष्ठ, डिसि पुरुषोत्तमभक्त प्रधानाङ्ग, रिजन चेयरपर्सन सीता भट्टराई, विनित भट्टराई, गाईडलाईन केदार भुुसाल, कार्यक्रम संयोजक सपना आचार्य श्रेष्ठले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्घता जनाए ।
सिर्जनशिलका अध्यक्ष प्रतिमा शर्माले सडक बालबालिकाको विषयमा सरोकारवालाहरू सचेत हुनुपर्ने बताईन । भविष्यका कर्णधार मानिने बालबालिकाहरु नै सडकमा हुनु चिन्ताको विषय भएको उनले दुःखेसो गरिन ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij