
सोमवार , आश्विन ३, २०७९
रुपन्देही, ३ असोज ।
लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले देशलाई सामाजिक न्यायसहित समानता र समुन्नत नेपाल निर्माण गर्ने दायित्व राज्यको नेतृत्वमाथि आएको बताएका छन् । संविधान दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रमुखको कार्यालयले सोमबार बुटवलमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले समावेशी समानुपातिक प्रणालीसहितको तीन तहको सरकार निर्माण गर्न पाउने अधिकारसहितको संघीय लोकतान्त्रिक गणतन्त्र विश्वका कनै पनि देशमा पाउन नसकिने उल्लेख गरे ।
नेपालको आफ्नै मौलिकतामा आधारित समाजवाद उन्मुख संवैधानिक व्यवस्था विश्वका आगाडी नमूना साबित गर्न सक्नुपर्नेमा उनको जोड थियो ।
“वर्तमान संविधानले सामन्ती निरंकश र केन्द्रिकत राज्य व्यवस्थादारा सृजित सबै प्रकारका विभेदको अन्त्य गर्द जातीय, भाषिक, धार्मिक साँस्कतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई वृहत राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ । ” यस संविधानअन्र्तगत नेपालको राष्ट्रिय सार्वभौमसत्ता नेपाली जनतामा निहित भएको छ र जनता राज्य शक्तिको स्रोत भएका छन”, उनले भने ।
हाल संघ, प्रदेश र स्थानीय तहमा जनादेश प्राप्त तीनै तहका सरकारहरू आ–आफनो तहमा निरन्तर क्रियाशील रहेको जनाउँदै प्रदेश प्रमुख शेरचनले प्राप्त जनादेश अनुरूप खडा भएका यी संस्थाहरूले सुशासन र भ्रष्टचाररहित गणस्तरीय सेवा प्रवाहको माध्यमबाट संविधानको कार्यान्वयन गर्दै देशमा संघात्मक शासन व्यवस्थाको जगलाई बलियो बनाउँदै जानुपर्ने गहन जिम्मेवारी रहेको उल्लेख गरे ।
उनले भने, –“आजको यस महत्वपूर्ण दिनले हामी सबैलाई आ–आफनो कमी कमजोरीहरूको आत्मसमीक्षा र आत्माआलोचित हुँदै सामूहिक सुधार गरेर प्रभावकारीताका साथ अगाडि बढ्न प्रेरित गर्नेछ भन्ने विश्वास लिएको छु ।” उनले यस ऐतिहासिक दिनले संविधानको कार्यान्वयनमार्फत नागरिकको हित र मुलुकको समृद्धि हासिल गर्न सकौँ भन्दै यस दिवसले समस्त नेपालीहरूबीच आपसी सदभाव र ऐक्वद्धता अभिवद्धि गर्न सबैलाई थप प्रेरित गर्न सकोस् भन्ने शुभकामना दिए । कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, सभामुख पूर्णबहादुर घर्ती, विभिन्न मन्त्रालयका मन्त्री लगायतको सहभागिता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij