images

शुक्रवार, चैत्र १६ गते २०८०

रोहिणीमा नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत गौतमलाई स्वागत

रोहिणीमा नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत गौतमलाई स्वागत

images
images
images
बिहिवार, आश्विन ६ २०७९
बिहिवार, आश्विन ६ २०७९
  • रोहिणीमा नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत गौतमलाई स्वागत

    भैरहवा, ६ असोज ।
    रुपन्देहीको रोहिणी गाउँपालिकाका नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमलाई स्वागत गरिएको छ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाबाट सरुवा भइ रोहिणी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका गौतमलाई बिहीबार एक कार्यक्रमकाबीच स्वागत गरिएको हो ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत गौतमले जनप्रतिनिधि तथा कर्मचारीको साथ र सहयोगले नियम, कानून अन्तर्गत रहेर कार्यसम्पादन गर्ने बताए । उनले गाउँपालिकाका अधुरा काम पुरा गर्न लागिपर्ने बताए । उनले भने, ‘यहाँहरुको साथ, सहयोग र सदभाव आवश्यक छ, एक्लो प्रयासले मात्र सफल हुन सकिदैन । ’सबै मिलेर पालिकालाई अगाडि बढाउनुपर्नेमा उनले जोड दिए । उनले भने, ‘समुन्नत पालिका बनाउनेतर्फ अघि बढ्छौं । ‘

    IMG_1677.JPG
    श्री प्रसाद गौतम प्रमुख प्रशासकीय अधिकृत, रोहिणी गाउँपालिका

    गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले सबै मिलेर रोहिणी गाउँपालिकालाई अगाडि बढाउने बताए । उनले निर्वाचनमा जनतासँग वाचा गरिएका कुराहरु पूरा गर्न लागिपरेको बताए । उनले कर्मचारी र जनप्रतिनिधिबीच सहयोग र सहकार्यमार्फत गाउँपालिकालाई अघि बढाउने बताए । अध्यक्ष यादवले रोहिणीलाई नमूना गाउँपालिका बनाउन प्रमुख प्रशासकीय अधिकृतको महत्वपूर्ण भूमिका रहने बताए ।

    गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ति हरिजनले एकजुट भएर अगाडि बढ्ने बताइन् ।गाउँपालिकाका प्रवक्ता तथा रोहिणी–३ का वडाअध्यक्ष बीर बहादुर क्षेत्रीले रोहिणीलाई नमूना गाउँपालिका बनाउन मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

    रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवको अध्यक्षता तथा गाउँपालिकाका योजना शाखा प्रमुख राजकुमार मिश्राको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष करम हुुसेन खाँ, ४ का अध्यक्ष तारानाथ यादव, ५ का अध्यक्ष घनश्याम सिंह क्षेत्री, ६ का वडाअध्यक्ष इन्द्रमान चौधरी, कार्यपालिका सदस्यहरु, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij