images

शनिवार, बैशाख ८ गते २०८१

रूपन्देहीको श्रीराम माविमा दुईवटा प्रवेशद्वार बन्ने

रूपन्देहीको श्रीराम माविमा दुईवटा प्रवेशद्वार बन्ने

images
images
images
बिहिवार, आश्विन ६ २०७९
बिहिवार, आश्विन ६ २०७९
  • रूपन्देहीको श्रीराम माविमा दुईवटा प्रवेशद्वार बन्ने

    लुम्बिनी, ६ असोज ।
    रूपन्देहीको श्रीराम माध्यमिक विद्यालय पडरहवाले प्रवेश (गेट) निर्माण गर्ने भएको छ । विद्यालय व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले सो निर्णय गरेको हो । विद्यालयमा यसअघि नै बाउन्ड्रीवाल लगाइसकिएको छ । 

    images
    images
    images

    लुम्बिनी प्रदेश सरकार शिक्षा तथा खेलकूद मन्त्रालयमार्फत आर्थिक वर्या २०७९/०८० का लागि भौतिक निर्माण शिर्षकमा प्राप्त १० लाख रूपैयाँमा विद्यालयको दुईवटा गेट निर्माण गर्ने निर्णय भएको प्रधानाध्यापक कृष्ण प्रसाद पन्थले जानकारी दिए ।

    शिक्षा तथा सामाजिक विकास निर्देशनालय सामाजिक विकास डिभिजन कार्यालय भैरहवा, रूपन्देहीको २०७९ भदौ १९को पत्रानुसार विद्यालयको भौतिक निर्माण कार्य गर्नको लागि प्राप्त बजेटबाट विद्यालयका लागि अत्यावश्यक रहेको दुइवटा प्रवेश गेट निर्माण गर्ने निर्णय गरिएको व्यवस्थापन समिति अध्यक्ष महेन्द्र यादवले बताए ।

    ‘उक्त निर्माण कार्यमा १० प्रतिशत लागत साझेदारी गर्ने गरी २०७९ चैत मसान्तसम्म कार्यसम्पन्न गर्न तथा निर्माण कार्यको समझौता गर्न कोटहीमाई गाउँपालिकाबाट सिफारिस लिइ व्यवस्थापन समिति अध्यक्ष र प्र.अ.लाई सम्झौता गर्न सामाजिक विकास डिभिजन कार्यालय भैरहवा, रूपन्देहीमा पठाउने’ निर्णयमा उल्लेख छ ।

    २०४४ साल पुस १४ गते स्थापना भएको यो विद्यालयमा यो वर्ष कक्षा ११ सम्मा पठनपाठन हँदैछ । विदाको समयमा चौपायाको चरनस्थल र कुकुर लगायतको बासस्थल जस्तो देखिने सो विद्यालयमा गेट निर्माण हुने भएपछि विद्यार्थी, शिक्षक र अभिभावक सबै खुशी भएको अभिभावक बेचन यादवको भनाइ छ ।

    निर्माणका लागि बजेट पार्न उल्लेख्य भूमिका खेल्ने विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष सोमनाथ यादव र लुम्बिनी प्रदेश शिक्षा तथा खेलकूद मन्त्री वसीउद्दीन खाँलाई कोटहीमाइ गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष अमरनाथ यादवले धन्यवाद दिएका छन् ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij