२०८२, माघ ४ गते

Jan 18 2026 | २०८२, माघ ४ गते

प्रतिमान–नीमा प्रतिष्ठान र एजुकेटर्स बोडर्सबीच सहकार्य गर्ने सम्झौता

शुक्रवार , आश्विन ७, २०७९

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • भैरहवा, ७ असोज ।
    भैरहवास्थित प्रतिमान–नीमा स्मृति प्रतिष्ठान र स्वीजरल्याण्डस्थित एजुकेटर्स बोडर्स विथआउट इन्टरनेशनलबीच सहकार्य गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा प्रतिष्ठानको तर्फबाट कार्यकारी निर्देशक स्वाती थापा र एजुकेटर्स बोडर्सको तर्फबाट महासचिव ओमर सलिम अलवेक्रीले हस्ताक्षर गरेका छन् ।

    गुणस्तरीय शिक्षा, युवा तथा शिक्षकहरुलाई तालिमको अवसर, पिछडिएको क्षेत्रमा विभिन्न कार्यक्रम, सेमिनार तथा दुई देशबीच आपसी सम्बन्ध थप प्रगाढ बनाउने सहकार्य गर्ने सम्झौताको उद्देश्य रहेको प्रतिष्ठानकी कार्यकारी निर्देशक थापाले बताइन् ।  उनले भनिन्, ‘मास्टर ट्रेनर उत्पादन गर्ने तथा पिछडिएको समुदायका विद्यालय तथा मदरसा का विभिन्न कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले सम्झौता गरिएको हो ।’

    एजुकेटर्स बोर्डर्स विथआउट इन्टरनेशनलका महासचिव ओमर सलिम अलवेक्रीले प्रतिमान–नीमा स्मृति प्रतिष्ठानसँग सहकार्य गर्न पाउँदा खुसीको अनुभुति भएको बताए ।

    एजुकेटर्स बोर्डर्स विथआउट इन्टरनेशनलबाट आएको टोलीले बिहीबार रोहिणीका तीनवटा विद्यालयको स्थलगत अवलोकन समेत गरेको छ ।