images

मंगलवार, चैत्र ६ गते २०८०

लुम्बिनी वल्र्ड स्कूलमा ‘टिचिङ–लर्निङ एक्सपो–२०७९’

लुम्बिनी वल्र्ड स्कूलमा ‘टिचिङ–लर्निङ एक्सपो–२०७९’

images
images
images
शनिवार, आश्विन ८ २०७९
शनिवार, आश्विन ८ २०७९
  • लुम्बिनी वल्र्ड स्कूलमा ‘टिचिङ–लर्निङ एक्सपो–२०७९’

    भैरहवा, ८ असोज ।
    लुम्बिनी वल्र्ड स्कूल तिलोत्तमा नगरपालिका–१३ मधवलिया रुपन्देहीमा ‘टिचिङ–लर्निङ एक्सपो–२०७९’ कार्यक्रम शनिबार सम्पन्न भएको छ । गरेर सिक्ने (लर्निङ बाई डुइङ) तरिका अपनाएर सुरु गरिएको पठनपाठनको १ सय दिन पुगेको अवसरमा विद्यार्थीहरुले कसरी आफूलाई सिकाइमा सहभागी गराइरहनुभएको छ भन्नेबारे जानकारी आदानप्रदान गर्न कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल विष्णु प्रसाद ढकालले बताए ।

    images
    images
    images

    कार्यक्रमको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले तिलोत्तमामा गुणस्तरीय शिक्षाका लागि लुम्बिनी वल्र्ड स्कूलले ईट्टा थप्ने काम गरेको बताए । उनले भने, ‘तिलोत्तमालाई शैक्षिक हब बनाउन नगरपालिकाले सहकार्य गर्नेछ ।’ तिलोत्तमामा सामूदायिक र निजी विद्यालयबीच विभेद नहुने उनको भनाइ थियो । उनले मुलुकमा शिक्षा लगानी भए अनुसार प्रतिफल प्राप्त हुन नसकेको बताए । नगरप्रमुख खाँणले जनप्रतिनिधिको एक्लो प्रयासले मात्र विकास नहुने भएकाले सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए ।

    विद्यालय सञ्चालक समितिका अध्यक्ष योगेश घिमिरेले मुलुकबाहिर जाने पैसा रोक्नुपर्छ र शिक्षा क्षेत्रमा केही गर्नुपर्छ भन्ने उद्देश्यले विद्यालय सञ्चालनमा ल्याइएको बताए । उनले भने, लुम्बिनी वल्र्ड स्कूल नयाँ भवनबाट सञ्चालनमा ल्याउँदैछौं । 

    तिलोत्तमा नगरपालिका–१३ का वडाअध्यक्ष नारायण ढकालले अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई रोक्नुपर्ने बताए । उनले विभिन्न प्रलोभन देखाएर विद्यार्थीहरुलाई विदेश पलायन गरिएको बताए । उनले भने, ‘विद्यार्थीको पहिलो शिक्षक अभिभावक हुन् । ’

    प्याब्सन तिलोत्तमाका अध्यक्ष के.एन. सागर ज्ञवालीले निजी क्षेत्रलाई सरकारले हेर्ने दृष्टिकोणमा परिवर्तन आउनुपर्ने बताए । उनले सामूदायिक र संस्थागत विद्यालयलाई समान रुपमा हेर्नुपर्नेमा जोड दिए ।

    विद्यालयका अभिभावक टेकनाथ बस्यालले अभिभावकले आफ्ना बालबालिकाहरुलाई कति समय दिन्छौ भन्ने कुरा महत्वपूर्ण रहेको बताए ।

    लुम्बिनी वल्र्ड स्कूलका प्रिन्सिपल विष्णु प्रसाद ढकालले भौतिक पूर्वाधार र सामग्रीसँगै शिक्षकमा पनि उत्तिकै लगानी आवश्यक रहेको बताए । उनले भने, ‘पढाउनका लागि शिक्षक कलात्मक हुनुपर्छ ।’

    IMG_1926.JPG

    विद्यालय सञ्चालक समितिका अध्यक्ष योगेश घिमिरेको अध्यक्षता, तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणको प्रमुख आतिथ्यता, विद्यालयका प्रिन्सिपल विष्णु प्रसाद ढकालको स्वागत तथा विद्यार्थीद्वय सुयोग भण्डारी र स्मीता विष्टको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    IMG_1914.JPG

    कार्यक्रममा अभिभावक, शिक्षाप्रेमी लगायतको उल्लेख्य उपस्थिति रहेको लुम्बिनी वल्र्ड स्कूल सञ्चालक समिति सदस्य प्रेम नारायण बेल्बासेले बताए । कार्यक्रममा भएको उपस्थितिले विद्यार्थी र शिक्षक उत्साहित भएको बेल्बासेले बताए ।

    IMG_1971.JPG

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij