२०८२, भाद्र २६ गते

Sep 11 2025 | २०८२, भाद्र २६ गते

युनिभर्सल फर्मा सोसाइटी अफ नेपालद्वारा भैरहवामा प्रभातफेरी

आइतवार , आश्विन ९, २०७९

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • भैरहवा, ९ असोज ।
    विश्व फर्मासिस्ट दिवस भैरहवामा प्रभातफेरी कार्यक्रम गरी मनाइएको छ । ‘फर्मासिस्ट : तपाईको औषधि विशेषज्ञ’ भन्ने मूल नाराका साथ विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको हो । 

    युनिभर्सल फर्मा सोसाइटी अफ नेपालको आयोजनामा भैरहवामा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको थियो । बिरामीको उपचारको निम्ति जति डाक्टरको भूमिका हुन्छ त्यति नै महत्वपूर्ण भूमिका फर्मासिस्टको पनि हुन्छ हुन्छ भन्ने सन्देश दिने नारा यसवर्ष तय गरिएको हो । प्रभातफेरीमा हरेक अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गर्नुपर्ने नियम कार्यान्वयनमा लिएर आउनुपर्ने, औषधि विक्री फर्मासिस्टले मात्र गर्नुपर्ने, गुणस्तरीय स्वास्थ्य सेवा फार्मेसीको टेवा, अवैध औषधि पसल बन्द गर, ईजाजत प्राप्त फार्मेसिस्ट र फार्मेसीबाट मात्र औषधि लिने बानी बसालौं लगायतका नाराहरु लेखिएको पम्पलेटसहित प्रभातफेरीमा सहभागी भएको युनिभर्सल फर्मा सोसाइटीका अध्यक्ष राकेश प्रसाद पासवानले बताए । 

    308115163_1812468809095608_8673156208781855545_n.jpg

    युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजबाट सुरु भएको प्रभातफेरी कार्यक्रम भैरहवाको विभिन्न स्थानको परिक्रमा गरी पुनः मेडिकल कलेजमै पुगेर समापन भएको थियो ।