images

शुक्रवार, चैत्र १६ गते २०८०

लुम्बिनी शिक्षा निकेतनको अध्यक्षमा पुन : गोविन्द ज्ञवाली

लुम्बिनी शिक्षा निकेतनको अध्यक्षमा पुन : गोविन्द ज्ञवाली

images
images
images
मंगलवार, आश्विन ११ २०७९
मंगलवार, आश्विन ११ २०७९
  • लुम्बिनी शिक्षा निकेतनको अध्यक्षमा पुन : गोविन्द ज्ञवाली

    भैरहवा, ११ असोज ।
    बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रकै अग्रणी शैक्षिक संस्था लुम्बिनी शिक्षा निकेतनको अध्यक्षमा पुनः गोविन्द ज्ञवाली निर्वाचित भएका छन् । दर्जन भन्दा बढी संस्थामा आबद्ध सफल व्यवसायीको रुपमा परिचय बनाएका ज्ञवाली विद्यालयको १७ औं साधारणसभाले अध्यक्षमा तेस्रोपटक निर्वाचित भएका हुन् । दुई कार्यकाल सफल बनाएर विद्यालयको भौतिक तथा शैक्षिक गुण्स्तर उच्च बनाएकोले सञ्चालकको रोजाइमा ज्ञवाली पुनः अध्यक्षको जिम्मेवारी पाएका हुन । 

    images
    images
    images

    मायादेवी–४ झुलनीपुरस्थित विद्यालयले लुम्बिनी क्षेत्रमा धेरैलाई शिक्षाको पहुँचमा पु¥याइ त्यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा टेवा पुर्याएको छ । संस्थाको सोमबार भएको साधारणसभाबाट आगामी ३ वर्षे कार्यकालका लागि अध्यक्षमा ज्ञवालीसहित प्रबन्ध सञ्चालकमा पिताम्बर न्यौपाने, सञ्चालक समिति सदस्यहरुमा मिथुनमान श्रेष्ठ, शेखर कार्की, मोहम्मद हारुन खान, नसिम अख्तर र शक्तिधर यादव सर्वसम्मत निर्वाचित भएको निर्वाचन संयोजक प्रख्यात बन्जाडेले जानकारी दिए । 
    त्यस्तै सन्त कुमार यादवको संयोजकत्व, त्रिभुवन दत्त मिश्रा र किरन पौडेल सदस्य रहने गरी लेखा समिति, सल्लाहकारमा राजेश ढकाल र लिलामणी पाण्डेलाई चयन गरिएको छ । 

    अध्यक्षको सपथ ग्रहण गर्दै ज्ञवालीले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा अहोरात्र खट्ने बताए । उनले एक्लै कुनै पनि संस्था चलाउन सम्भव नरहेकोले सामूहिक प्रयासबाट नै विद्यालयलाई यस क्षेत्रको अग्राणीका रुपमा ल्याउन सफल भएको बताए । शिक्षक, कर्मचारी, अभिभावक र संचालकहरुको सहयोग निरन्तर पाइराख्ने बताउँदै आगामी वर्षदेखि व्यवस्थापन संकायमा दश जोड दुईको कक्षाहरु सञ्चालन गर्ने, विद्यालयको ग्रेड निर्धारण गर्ने, स्थायी कर्मचारी र शिक्षकको संजयकोषको व्यवस्थापन गर्ने, बालबालिकालाई शुुद्ध खानेपानीका लागि आधुनिक फिल्टरको व्यवस्थापन गर्ने, यातायातको साधनहरु थप्दै विद्यालयको अग्रस्थानलाई कायम राखिराख्ने बताए । ९ सय बढी विद्यार्थी रहेको विद्यालय १७ कठ्ठा क्षेत्रफलमा आफ्नै भवनबाट अध्यापन गरिरहेको छ । शैक्षिक सुधारका लागि संस्थाले थप जनशक्ति र भौतिक पूर्वाधारहरु जोड्दै यो वर्ष सामूहिक विद्यालय परिवारको सदस्य विद्यालयहरुमध्ये उत्कृष्ट नतिजा ल्याएकोमा जिल्लाकै उत्कृष्ट नतिजा ल्याउनतर्फ उन्मुख रहने विद्यालयका प्रबन्ध सञ्चालक पिताम्बर न्यौपानेले बताए । 

    कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक सदस्य तथा प्रमुख अतिथी राजु ढकाल, लुम्बिनी विश्वविद्यालयका परीक्षा नियन्त्रक इन्द्र काफ्ले, लुम्बिनी साँस्कृतिक नगरपालिकाका वडा नम्बर ६ का वडाअध्यक्ष नइमुल हक, सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका महासचिव विजय पाण्डे लगायतले बोल्दै विद्यालय शिक्षामा मात्रै नभइ अतिरिक्त क्रियाकलाप र अनुशासनमा समेत उत्कृष्ट रहेको यो गरिमालाई कायम राख्दै थप शैक्षिक गतिविधिहरु अगाडि बढाउनुपर्ने, ५० जना बढीलाई रोजगारी प्रदान गरेको संस्थाले सैद्वान्तिक शिक्षा भन्दा पनि प्रयोगात्मक शिक्षामा जोड दिदै अझ बढी रोजगार र जनशक्ति उत्पादन गर्न विद्यालयले भूमिका लिनुपर्ने बताए । विद्यालयका अध्यक्ष ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रबन्ध सञ्चालक पिताम्बर न्यौपाने र सञ्चालन संचालक सदस्य लिलामणी पाण्डेले गरेका थिए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij