images

शनिवार, बैशाख ८ गते २०८१

बुटवलको आम्दा अस्पताल तीनसय बेडमा स्तरोन्नति हुने

बुटवलको आम्दा अस्पताल तीनसय बेडमा स्तरोन्नति हुने

images
images
images
मंगलवार, आश्विन ११ २०७९
मंगलवार, आश्विन ११ २०७९
  • बुटवलको आम्दा अस्पताल तीनसय बेडमा स्तरोन्नति हुने

    बुटवल, ११ असोज । 
    बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) को स्तरोन्नति हुने भएको छ । बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघको त्रिपक्षीय सञ्चालनमा रहेको अस्पतालमा दुई सय बेड थप गर्दै स्तरोन्नति गर्ने समझदारी भएको हो । 

    images
    images
    images

    एशोशिएशन अफ मेडिकल डक्टर्स अफ एशिया (आम्दा) इन्टरनेशनलका अध्यक्ष सिगेरू सुगानामीको उपस्थितिमा बसेको अस्पताल सञ्चालक समितिको बैठकले अस्पतालको स्तरोन्नति गर्न निर्णय गरेको हो । 

    आम्दा नेपाल, बुटवल उपमहानगरपालिका र बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको त्रिपक्षीय सहमतिमा २०५३ सालमा बुटवल उपमहानगरपालिका वडा नम्बर ७ (साविक वडा नम्बर ९) मा सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)को स्थापना गरिएको थियो । ५० शैयाबाट सुरु भएको उक्त अस्पताल हाल सय शैयामा सञ्चालन गरिएको छ । 

    अस्पतालका अध्यक्ष समेत रहेका बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले अस्पताललाई ३ सय बेडको बनाउने र विशिष्टीकृत सेवा प्रवाह गर्ने निर्णय गरेको बताए । 

    अस्पतालको स्तरोन्नतिका लागि बुटवल उपमहानगरपालिका, आम्दा र बुटवल उद्योग वाणिज्य संघले पहल गर्ने गरी समझदारी भएको उनले बताए । उनले महिला र बालबालिकाको स्वास्थ्य उपचारमा सबै खालका सुविधासहितको अस्पतालका रुपमा स्तरोन्नति गर्ने बताए।

    समझदारीका क्रममा आम्दा ईन्टरनेशनलका अध्यक्ष डा. सिगेरू सुगानामीले आम्दाले बुटवलमा अस्पताल स्तरोन्नति गर्नका लागि आवश्यक सहकार्य गर्ने बताए । उनले अस्पतालमा बेड थप गर्ने मात्रै नभई अन्य सुविधा थप गर्ने गरी त्रिपक्षीय सहकार्य हुने बताए ।
    आम्दा नेपालका अध्यक्ष डा. अनिल कुमार दासले आम्दाले बुटवलको अस्पताललाई स्तरोन्नति गर्नका लागि आवश्यक सहकार्य गर्ने र श्रोत तय गर्नका लागि भूमिका निर्वाह गर्ने बताए ।

    अस्पतालको अर्को साझेदार संस्था बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजूले अस्पताल स्तरोन्नति गर्न आवश्यक रहेको र संघले पर्याप्त भूमिका निर्वाह गर्ने बताए । उनले अस्पतालको स्तरोन्नति भएपछि बुटवल क्षेत्रमा एउटा विशिष्टीकृत सेवा भएको स्तरीय अस्पताल हुने बताए ।

    यस्तै, आम्दा इन्टरनेशनलका अध्यक्ष सुगानामीलाई बुटवल उपमहानगरपालिकाले स्वागत तथा सम्मान गरेको छ । आम्दाका अध्यक्ष सुगानामी, आम्दा नेपालका अध्यक्ष डा. अनिल कुमार दास, पूर्व अध्यक्षहरू डा. सरोज ओझा, डा. दिनेश पोखरेल तथा आम्दा ईन्टरनेशनलका प्रतिनिधि अर्चना जोशी र आम्दा नेपालका प्रमुख प्रशासकीय अधिकृत सुदेश रेग्मीसहितको टोलीलाई उपमहानगरपालिकाले सम्मान गरेको हो । 

    सम्मान कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले आम्दा इन्टरनेशनलसँगको सहकार्यमा बुटवलमा देशकै स्तरीय अस्पताल बनाउने गरी काम हुने बताए । 

    त्यस्तै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले महिला तथा बालबालिकाको उपचारका लागि स्तरीय अस्पताल बनेपछि बुटवल र आसपासका बिरामी अन्यत्र जानु नपर्ने बताइन् ।

    आम्दा इन्टरनेशनलका अध्यक्ष डा. सिगेरू सुगानामीले बुटवलले अस्पताललाई स्तरोन्नति गर्ने राम्रो अवसर पाएको र त्यसको सदुपयोग गर्न लागेकोमा खुशी व्यक्त गरे । 

    आम्दा नेपालका अध्यक्ष डा. अनिल कुमार दासले आम्दा नेपालले बुटवललाई विशेष प्राथमिकतामा राखेको र बुटवलले अन्यत्रका अस्पताल भन्दा राम्रो अस्पताल स्थापना गर्न लागेकोमा सहकार्यका लागि तयार रहेको बताए । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजुले सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलको गौरवका रुपमा रहने बताए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij