images

शुक्रवार, बैशाख १४ गते २०८१

बुटवल पब्लिक स्कूलको १५ औं स्मारिका ‘द एक्सप्रेसन’ विमोचन

बुटवल पब्लिक स्कूलको १५ औं स्मारिका ‘द एक्सप्रेसन’ विमोचन

images
images
images
मंगलवार, आश्विन ११ २०७९
मंगलवार, आश्विन ११ २०७९
  • बुटवल पब्लिक स्कूलको १५ औं स्मारिका ‘द एक्सप्रेसन’ विमोचन

    तिलोत्तमा, ११ असोज ।
    रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ स्थित बुटवल पब्लिक स्कूलले १५ औं संस्करणको स्मारिका विमोचन गरेको छ । मंगलबार बुटवल पब्लिक स्कूलको प्रांगणमा आयोजित एक समारोहबीच १५ औं संस्करणको ‘अभिव्यक्ति’ (द एक्सप्रेसन) स्मारिक विमोचन गरिएको हो । 

    images

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल पब्लिक स्कूलका सल्लाहकार एवं समाजसेवी जंगबहादुर शाहले यो जिल्लाकै उत्कृष्ट विद्यालय बन्दै गएको बताए । हरेक वषै यसरी स्मारिका प्रकाशन प्रशंसनीय कायम भएको बताए । उनले विद्यालयका प्रधानाध्यापकले अहिले पनि युवाहरुले जस्तै जोस् जाँगरका साथ काम गरिरहेको भन्दै प्रशंसा गरे । 

    त्यस्तै तिलोत्तमा–३ का वडाअध्यक्ष कल्याण पौडेलले शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि यो विद्यालयको ठूलो योगदान रहेको बताए । उनले विद्यार्थीहरुलाई झोलाको बोझ रहित माध्यममा बढाउने गरी विद्यालयले बनाएको ब्याग लेस स्कूलिङलाई अघि सार्दै गएकोमा बधाई समेत दिए । 

    उक्त कार्यक्रमा विद्यालयका संस्थाकी अध्यक्ष हेमलाल शर्माले सबैको साथ र सहयोगले विद्यालयको प्रगति भइरहेको बताए । उनले स्मारिका प्रकाशन विद्यालयको कार्यक्रम अन्तष्गत समावेश गरी १५ औं संस्करणसम्म निकाल्ने प्रयासमा सबैको सहयोग रहेको भन्दै धन्यवाद दिए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij