
सोमवार , श्रावण १२, २०७७
भैरहवा, १२ साउन ।
रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा बाढी पूर्वतयारी तथा प्रतिकार्य संयुक्त अभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति रुपन्देही, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी, नमुना एकीकृत विकास परिषद (नमुना), युनीसेफ, सि.डि.एम नेपाल र एन.सी.डी.एम.सी.को संयुक्त प्रयासमा कार्यक्रम गरिएको हो ।
कोटहीमाई, मर्चवारी र सम्मरीमारी गाउँपालिका तथा लुम्बिनी सांस्कृतिक नगरपालिका लगायत रुपन्देहीको बाढी प्रभावित क्षेत्रलाई मध्यनजर गर्दै कोटहीमाई गाउँपालिकामा बाढी पूर्वतयारीको लागि कृत्रिम घटना अभ्यास गरिएको थियोे ।
कार्यक्रममा बाढीबाट कसरी बच्न सकिन्छ, भन्ने बारेमा अभ्यास गरी जनचेतना जगाईएको थियो । यस्ता अभ्यासहरुले सम्बन्धित निकायहरुको क्षमता वृद्धिको साथै स्थानीय जनतालाई स्वंय पनि सतर्क रहने अवसर मिल्ने नमुना एकीकृत विकास परिषदका अध्यक्ष ज्ञानु पौड्यालले बताइन् ।
कार्यक्रममा जिल्ला विपद् व्यवस्थापन समिति रुपन्देहीका संयोजक प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले कार्यको सराहना गर्दै सबैलाई धन्यवाद दिएका थिए ।
कार्यक्रममा स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र कुमार गिरी, नेपाली सेनाका गणपति ज्योति कुमार थापा, सशस्त्र प्रहरी बल रुपन्देहीका सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेल, रुपन्देही प्रहरी प्रमुख हेम कुमार थापा, सम्मरीमाई, कोटहीमाई, मर्चवारी र लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाअध्यक्षहरु र जनप्रतिनिधिहरु कोषाध्यक्ष श्री रुपमा हिराचन, नमुना एकीकृत बिकास परिषद (नमुना ) का अध्यक्ष ज्ञानु पौड्याल, सि.डी.एम.नेपालका धर्मराज घिमिरे , एन.सी.डि.एम.सी.का राष्ट्रिय अध्यक्ष जगन्नाथ प्रसाद कुर्मीको, विभिन्न पालिकाका विपद् शाखा प्रमुखहरुको सहभागिता रहेको थियोे ।
कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी बलका तालिम प्राप्त दक्ष जनशक्ति जवानहरुबाट बाढी पूर्वतयारीका लागि कृत्रिम घटना अभ्यास गराइएको थियो भने । त्यस्तै रेडक्रस, नमुना, सि.डी.एम. नेपालका कर्मचारीहरु, टिमबाट प्राथमिक उपचार केन्द्र, आश्रयस्थल, सूचना डेस्क, मनोसामाजिक परामर्श जस्ता डेस्कहरुमा र एम्बुलेन्सको व्यवस्था गरी सशक्त रुपमा उपस्थिति र परिचालन रहेको थियोे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij