२०८३, बैशाख २१ गते

May 04 2026 | २०८३, बैशाख २१ गते

कबिर अटोमोबाइल्सले ल्यायो चाडपर्व अफर

बिहिवार , आश्विन १३, २०७९

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • बुटवल, १३ असोज ।  
    बुटवलको कालिकानगरमा रहेको कबिर अटोमोबाइल्समा नेपालीहरुको महान चाड विजया दशमी, दिपावली तथा छठ पर्वको अवसरमा विशेष छुटको अफर ल्याएको छ ।  ‘नगदमा किन्नुहोस्, सस्तोमा किन्नुहोस’ भन्ने नाराका साथमा विशेष छुटको अफर ल्याएको हो । 

    विशेष गरी स्वदेशी उत्पादनलाई प्रोत्सहान गर्नको लागि गाडीको ब्याट्री, ईन्टरको ब्याट्री, बाईक तथा स्कुटरका टायरहरु, डेल्टा ब्रान्डको टायर भारी छुटको व्यवस्थापन गरेको सञ्चालक सरदार भोला सिंहले जानकारी दिए । कबिर अटोमोबाइल्समा जगदम्बा ब्याट्री, एशियन ब्याट्री र जिब्रो ब्याट्री खरिदमा ग्राहकहरुलाई नगद छुटको व्यवस्थापन गरेको हो । 

    त्यस्तै नेपाली उत्पादन डेल्टा टायर खरिदमा लाईफटाईम ग्यारेण्टीका साथमा लिक्वीड समेत निःशुल्क रुपमा उपलब्ध गराइएको उनको भनाइ छ। विगत १० वर्षदेखि टायर ब्याट्रीको काम गर्दै भोला सिंहले नेपाली उत्पादन प्रयोगलाई जोड दिदै आएका छन् ।