२०८३, बैशाख ७ गते

Apr 20 2026 | २०८३, बैशाख ७ गते

विप्लव नेकपाद्वारा शिक्षकको गोली हानी हत्या

मंगलवार , मंसिर २३, २०७७

  • 5.8K
    Shares
  • 5.8K
    Shares
  • मोरङ। मोरङमा एक शिक्षकको गोली हानी हत्या गरिएको छ। 

    नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले शिक्षकको गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ। 

    मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको विप्लवका कार्यकर्ताले गोली हानी हत्या गरेको प्रदेश–१ का डिआइजी इश्वरबाबु कार्कीले जानकारी दिए।

    प्रहरीका अनुसार श्रेष्ठको मंगलबार बिहान हत्या भएको हो। हत्याको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ।

    हत्या गरिएका शिक्षक सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक हुन्। अहिले घटनास्थलतर्फ प्रहरी गइसकेको छ।