images

शुक्रवार, बैशाख १४ गते २०८१

सामुदायिक कुकुरको बन्ध्याकरण 

सामुदायिक कुकुरको बन्ध्याकरण 

images
images
images
शुक्रवार, आश्विन १४ २०७९
शुक्रवार, आश्विन १४ २०७९
  • सामुदायिक कुकुरको बन्ध्याकरण 

    भैरहवा, १४ असोज ।
    शहरी क्षेत्रको प्रमुख समस्या सामुदायिक कुकुरको जोखिम न्यूनीकरणको लागि रेविज खोप तथा बन्ध्याकरण गरिएको छ । युथ फर कन्जरभेसन एण्ड सस्टेनेबल एग्रीकल्चर, पक्लिहवाको आयोजना तथा देवदह नगरपालिकाको सह–आयोजनामा ५० वटा कुकुरहरुको बन्ध्याकरण गरिएको हो । 

    images

    १६ औं विश्व रेविज दिवसको अवसरमा तीन दिनसम्म भएको कार्यक्रममा बन्ध्याकरण पछि रेविज खोप लगाएर कुकुरहरुलाई छाडिएको थियो । 

    देवदह आदर्श मल्टिपल क्याम्पसमा आयोजित सप्ताहिक सामुदायिक कुकुर रेविज खोप तथा बन्ध्याकरण कार्यक्रमको समापन समारोह, देवदह नगरपालिकाका प्रमुख ध्रव प्रसाद खरेलको अध्यक्षता, नगर उपप्रमुख विद्यालक्ष्मी गुरूङको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो । 

    संस्थाका अध्यक्ष राम भरोस यादव, नगर प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष गणेश डुम्रे, वडा नम्बर ७ का वडा अध्यक्ष कृष्ण अधिकारी, देवदह आदर्श क्याम्पसका क्याम्पस प्रमुख जय किसन अधिकारी, नेभ्ला रूपन्देहीका अध्यक्ष पितम्बर खरेल, देवदह साप्ताहिकका त्रिलोचन दाहाल र संस्थाका सम्पूर्ण सदस्यहरुको आतिथ्यतामा समापन भएको छ ।  

    संस्थाद्वारा आयोजित उक्त कार्यक्रममा देवदह नगरपालिका निवासी तथा भेटरिनरी संकायका विद्यार्थी सोलुन यादवले संयोजन गरेका थिए । कार्यक्रम असोज ७ गतेबाट सुरु भएको थियो । असोज ७ र ८ गते नगरपालिकाभित्रका कुकुरहरुको खोज र ९  गते सामुदायिक  कुकुरहरुलाइ एकत्रित गरिएको थियो । त्यस्तै १० र ११ गते कुकुरहरूको बन्ध्याकरण गरी १३ गते कुकुरहरुलाई रेविज खोप लगाएर सम्बन्धित ठाउँमा लगेर छोडिएको थियो ।

    कुकुर बन्ध्याकरण कार्यक्रम सामुदायिक कुकुरहरुबाट हुने जोखिमलाई न्यूनीकरण गर्ने र कुकुरहरूको संख्यालाई न्यूनीकरण गर्ने एक मात्र वैज्ञानिक विधि रहेको अध्यक्ष रामभरोस यादवले बताए । 

    संस्थाले कृषि तथा पशुसँग सम्बन्धित यस्तै विषयहरुलाइ विगत लामो समयदेखि किसानहरुको प्रत्यक्ष सम्पर्क रहेर गर्दै आएको संस्थाका सचिव तिलकराम भुसालले जानकारी दिए । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij