images

बिहिवार, बैशाख १३ गते २०८१

बुटवलका ५२ जना किसानलाई प्रोत्साहन अनुदान दिने निर्णय

बुटवलका ५२ जना किसानलाई प्रोत्साहन अनुदान दिने निर्णय

images
images
images
शुक्रवार, आश्विन १४ २०७९
शुक्रवार, आश्विन १४ २०७९
  • बुटवलका ५२ जना किसानलाई प्रोत्साहन अनुदान दिने निर्णय

    बुटवल, १४ असोज ।
    रुपन्देहीको बुटवल उपमहानगरपालिकाले ५२ जना किसानलाई मागमा आधारित प्रोत्साहन अनुदान दिने निर्णय गरेको छ । स्थानीय कृषि व्यवसाय प्रवद्र्धन समितिका अध्यक्ष समेत रहेका नगरप्रमुख खेलराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले माग भएर आएका ५२ जनाकै माग स्वीकृत गरेको हो । 

    images

    बुटवल उपमहानगरका वडा नम्बर ११ देखि १९ सम्मका किसानका लागि लक्षित गरी आह्वान गरिएको माग, योजना र प्रस्ताव हेरेर अनुगमनका आधारमा ५२ जना किसानलाई अनुदान दिने निर्णय गरेको नगरप्रमुख पाण्डेयले बताए ।

    ती वडामा खेतीकिसानी गर्ने किसान, फर्म र संस्थाहरुले पेश गरेको माग अनुसार १० हजारदेखि १ लाख २० हजारसम्मको अनुदान दिने निर्णय गरेको उनले बताए । 

    निर्णयअनुसार एक महिनाभित्रमा किसान, फर्म र संस्थालाई सम्झौताका लागि आह्वान गर्ने र कार्यक्रम सम्पन्न भएपछि वडाको सिफारिशका आधारमा अनुदान रकम उपलब्ध गराइने कृषि विकास शाखा प्रमुख सन्तोष जिसीले जानकारी दिए ।

    ५२ जना किसान, फर्म र संस्थाले तरकारी, केरा, फुल, लसुन, कुरिलो, बेसार, तोरी, मौरीपालन, कन्ये च्याउ, ड्रागन फलफुल, मकै लगायतका खेती गर्नका लागि योजना तथा प्रस्ताव पेश गरेका थिए । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij