images

मंगलवार, चैत्र ६ गते २०८०

रोहिणीमा ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ अभियान

रोहिणीमा ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ अभियान

images
images
images
शनिवार, आश्विन १५ २०७९
शनिवार, आश्विन १५ २०७९
  • रोहिणीमा ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ अभियान

    भैरहवा, १५ असोज ।
    रुपन्देहीको रोहिणी गाउँपालिकाले ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरेको छ । लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानहरुको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न अभियान सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए । गाउँपालिकाले असोज १३ र १४ गते उक्त अभियान सञ्चालन गरेको उनले जानकारी दिए ।

    images
    images
    images

    शुक्रबार रोहिणी–३ स्थित धकधई चोकमा आयोजित उक्त अभियानमा गाउँपालिकाका अध्यक्ष यादव, प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष बीर बहादुर क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतम, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, समाजसेवी लगायतको उपस्थिति रहेको थियो । पछिल्लो समय डेंगुको संक्रमण बढ्दै गएको छ ।

    IMG-20220930-WA0023.jpg

    डेंगु भाइरसद्वारा संक्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो लामखुट्टेले सफा पानी जमेको स्थानमा फुल पार्ने गर्छ । विशेष गरी वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गमला, पानीका ट्ंयाकी आदिमा यसले फुल पार्छ । 

    एडिज नामक लामखुट्टेले विशेष गरी दिउँसो टोक्ने गर्दछ । डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ । पोथी जातको लामखुट्टेले अण्डा पार्ने बेलामा टोक्ने गर्छ । दिउँसै टोक्ने लामुखट्टेले डेंगु सार्ने भएकाले घरसँगै विद्यालय, कार्यालय र सार्वजनिक स्थलमा पनि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने चिकित्सकहरू बताउँछन् ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij