२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रोहिणी गाउँपालिकाद्वारा ज्येष्ठ नागरिकलाई सम्मान

शनिवार , आश्विन १५, २०७९

पशुपति यादव 
धकधई, १५ असोज ।
रुपन्देहीको रोहिणी गाउँपालिकाको आयोजनामा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । ३२ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा धकधईमा आयोजित एक कार्यक्रमकाबीच ज्येष्ठ नागरिकलाई दोसल्ला, च्यवनप्राश  र नगदबाट सम्मान गरिएको गाउँपालिकाको महिला तथा बालबालिका शाखाले जनाएको छ ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्ने बताए । 

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ती हरिजन, प्रवक्ता बीर बहादुर क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतम, वडा नम्बर २ का वडाअध्यक्ष करम हुसेन खाँ, ४ का अध्यक्ष तारानाथ यादव, ५ का अध्यक्ष घनश्याम सिंह क्षेत्री, ६ का अध्यक्ष अन्नान अहमद भाट लगायतले बोलेका थिए ।

309544039_488961083132732_6710417896884522627_n.jpg

ज्येष्ठ नागरिक सहाती मल्लाहको अध्यक्षता तथा गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख जमुना शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।